कोरोना नियन्त्रणमा भगवान् भरोसा : संक्रमण रोकिदेऊ भन्दै मन्दिरमा बली

कोरोना नियन्त्रणमा भगवान् भरोसा : संक्रमण रोकिदेऊ भन्दै मन्दिरमा बली

डोल्पा : देश नै कोराना भाइरसबाट आक्रान्त भएको बेलामा डोल्पामा संक्रमण रोकीदेऊ भगवान भनेर भगवतीको मन्दिरमा बोका बलि चढाइएको छ । जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिकामा पर्ने प्रसिद्ध बाला त्रिपूरा सुन्दरी भगवतीको मन्दिरमा संक्रमणबाट बचाइदेऊ भन्दै नगरपालिकाले बोका बली चढाएका हुन् ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कोरोना भाइरसको संक्रमण नफैलियोस रोकथाम गरिदेऊ भगवती भन्दै पूजापाठ गरेर बोका बली चढाएका हुन् । जिल्लाबासी र नेपाली जनतामा कोरोनालगायतको कुनैपनि प्रकारको संक्रमणबाट अकालमा ज्यान नजाओस् भन्दै चैत दसैंको घटस्थापनाको दिन पारेर बोका बली चढाएर पूजाआजा गरेको नगरप्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।

मन्दिरमा पुगेर विशेष पूजाआजा गरी बोका बली चढाएर नगर जिल्ला र देशबासीको दीर्घ जीवनको कामनासहित कोरोना नफैलियोस भनेर भगवतीसँग याचना गरेको बुढाले बताए । यसैगरी चैत दसैंमा त्रिपूरा सुन्दरी मन्दिरमा दर्शनार्थीको भीडभाड हुने भन्दै मन्दिर क्षेत्रमा पनि प्रवेश रोक लगाइएको छ । विगतका वर्षझैं चैत १९ गते दसैंको दिनमा मन्दिरका लिंग फेरबदल गर्न नेपाली सेना र नेपाल प्रहरीलाई सहयोग माग गर्ने निर्णय गरेको मन्दिरका मुख्यपुजारी लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

जिल्लाभर कुल देवताको पूजा 

डोल्पा जिल्लाका अधिकांश क्षेत्रका नागरिकले कूल देवताको पूजा गर्न थालेका छन्। कोरोना भाइरसले विश्‍व नै डगमगाइ रहेको बेलामा डोल्पाका नागरिकले भने कुल देवताको पूजा गरिरहेका छन्।  रोगको संक्रमण नहोस् भनेर जिल्लाका मुड्केचुला,जगदुल्ला,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका,काइके गाउँपालिकामा कुल देवताको पूजा गरिरहेका छन्। 

'गाउँमा औषधि छैन रोग लागेमा औषधि पनि नहुने भन्ने सुनिन्छ ।अब देउताकै भरमा छौं। एक स्थानीय राजबहादुर बुढाले भने, ' हाम्रो अब जे छ बगवानकै भरमा छ। कुल देवताले रक्षा गर्नेछन्।' दु:खको घडीमा छौं बचाइदेऊ भन्दै जिल्लाका विभिन्न शक्तिको रुपमा मान्दै आएका देवताको मन्दिरमा पूजापाठ र बोका बलि दिन थालिएको छ ।

सरकारले गरेको लकडाउनको पालना गर्दै घरमा बसेका नागरिकले देवताको ध्यान र पूजा पाठ गरेर भगवान पुकार गर्दै बसेका छन् । सरकारले दिने औषधि भन्दा धेरै विश्वास घरका कुल देवतालाई गर्ने हुँदा डोल्पाका अधिकांश गाउँका स्थानीय कुल देवताको पूजापाठमा व्यस्त छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.