अस्पतालमा सुरक्षा उपकरण अभाव : प्लास्टिकबाट पीपीई

अस्पतालमा सुरक्षा उपकरण अभाव : प्लास्टिकबाट पीपीई

दैलेख : जिल्ला अस्पताल दैलेखमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको छ । बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण अभाव भएको हो । 

उपकरण अभाव भएपछि स्वास्थ्यकर्मीले बजारमा पाइने पलाष्टिकबाट पीपीई निर्माण गरेका छन् । स्वास्थ्य सेवा विभागले समयमै उपलब्ध नगराएपछि पलाष्टिकबाटै निर्माण गरेर प्रयोगमा ल्याएको दैलेख अस्पताले जनाएको छ । 

तत्काललाई २० वटा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पलास्ष्टिबाटै निर्माण गरेर प्रयोगमा ल्याएको अस्पतालका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए । यसका लागि आवश्यक पर्ने बुट, गाउन, क्याप लगाएतका सामग्री बनाइएको उनले बताए । ‘बजारमा उपलब्ध पलाष्टिबाट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) निर्माण गरेका छौ,’ डा.पन्तले भने, ‘हामीलाई तत्कालाई चाहिने सेट निर्माण गरेका हौँ, बिरामी बढे आवश्यकता पनि बढ्छ ।’ अस्पतालका अनुसार गाउन हावा र पानी नछिर्ने खालका छन् । आइसोलेसन र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गर्ने डा. पन्तले बताए । 

संक्रमितको उपचारमा खटिने भएकाले चिकित्सक तथा नर्सह बढी खतरामा पर्ने मानिन्छ । अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि ११ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । यस्तै अस्पतला नजिकै रहेको सरस्वती माविमा २० बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ भने नारायण क्याम्पसमा सय बेडको क्वारेन्टाइन बनाउने लक्षसहित हाललाई ४० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.