भारतबाट फर्किएकामा ज्वरो देखिन थाल्यो

भारतबाट फर्किएकामा ज्वरो देखिन थाल्यो

दैलेख : दैलेखमा ज्वरोका बिरामी देखा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ज्वरोका बिरामी देखिन थालेको जिल्ला अस्पताल दैलेखका डा. निरन्जन पन्तले जानकारी दिए । 

आठबीस नगरपालिकामा भारतको महाराष्ट्र राज्यबाट मजदुरी गरी आएका दुई जनालाई ज्वरो देखिएपछि आइसोलेसनमा राख्न लगाइएको डा. पन्तले बताए । कोरोना परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाउने तयारी गरिएको छ । 

यस्तै दुल्लु नगरपालिकामा पाँच जना भगवतीमाई गाउँपालिकामा पाँच जनालाई ज्वरो देखिएको उनले  बताए । ‘ज्वरोका बिरामी सम्पर्कमा आएपछि उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ', उनले भने, ‘उच्च ज्वरो आएकाको कोरोना परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाउने व्यवस्था गरेका छौँ ।’  

ज्वरो देखिनेमा भारतबाट मजदुरी गरी फर्कीएका र गाउँमै बसेका पनि रहेको डा. पन्तले जानकारी दिए । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नागरिक असुरक्षा महसुस गरिरहेका बेला लक्षण देखिएपछि दैलेखमै सुरक्षित रुपमा उपचार प्रबन्ध मिलाइएको छ । ज्वरोका बिरामीलाई स्थानीय तहमै स्वास्थ्यकर्मीको निगरानीमा उपचारको व्यवस्था मिलार्इएको छ । ‘बिरामीको अवस्था जटिल भएमा जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरेका छौँ,’ डा पन्तले भने, ‘थकान वा अन्य कारणले पनि सामान्य ज्वरो वा रुघाखोकी देखिन सक्छ, ज्वरो, रुघा, खोकी देखिएमा सेल्फ क्वारेन्टाइनमा बस्न र परिवार र छरछिमेकको सम्पर्कमा नगइदिन आग्रह गरेका छौँ।’ 

दैलेख जिल्ला अस्पतालमा दैनिक ५ देखि १० जनासम्म ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कारोना भाइरसको त्रासले भारत लगाएत तेस्रो मुलुकबाट हजारौंको संख्यामा मानिस घर फर्किएका छन् । स्थानीय तहले भारत लगाएत तेस्रो मुलुकबाट फर्किएका व्यक्तिको पहिचान गर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.