लक डाउन : ग्यासको आयात घट्यो

लक डाउन :  ग्यासको आयात घट्यो

वीरगन्ज : नेपाल र भारतमा लक डाउन भएयता भारतबाट वीरगन्ज नाकाहुँदै ग्याँसको आयातमा कमी आएको छ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० गते देखि सीमा नाका बन्द गरिएको हो भने ११ देखि एक साताका लागि लकडाउन पनि गरिएको छ। 

भारतमा पनि चैत १२ देखि २१ दिनका लागि लक डाउन गरिएको छ।लक डाउनमा अतिआवश्यक वस्तुको आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् । 

तर लक डाउन भएयतादेखि भने भारतबाट ग्याँसको आयातमा कमी आएको छ । नेपाल आयल निगमका अनुसार, सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाकाहुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्याँस नेपाल भित्रिन्छ । 

तर, लक डाउन भएको चैत ११ देखि यता भारतबाट वीरगन्ज नाकाहुँदै दैनिक औसतमा २७ बुलेट ग्याँस मात्र भित्रिरहेको छ ।  चैत ११ देखि शुक्रबार सम्म ४ दिनको अवधीमा भारतबाट वीरगन्ज नाकाहुँदै १ सय ८ बुलेटमा १९ लाख २५ हजार ७ सय केजी मात्रै ग्याँस नेपाल भित्रिएको नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जका प्रमुख राम कुमार न्यौपानले जानकारी दिए । 

चैत ११ मा ३१ बुलेट , चैत १२ मा ३५ बुलेट , चैत १३ मा १२ बुलेट र शुक्रबार चैत १४ मा ३० बुलेट ग्याँस वीरगन्ज नाका हुँदै भित्रिएको हो ।  चैत १० मा ५४ बुलेट ग्याँस भित्रिएकोमा त्यस यता भने लकडाउन भएपछि दैनिक औसतमा २७ बुलेट मात्रै आयात भइरहेको न्यौपानले बताए ।

 नेपाल र भारत दुवै देशमा अचानक लक डाउन भएपछि वीरगन्ज नाका हुदै आयात हुने ग्यासको परिमाणमा केहि कमी आएको उनले बताए । लक डाउनका कारण भारतको बरौनी स्थित आइओसीको रिफाइनरी प्लाण्ट पनि प्रभावित भएकाले नेपालमा ग्याँसको आयातमा असर परेको हुनसक्ने न्यौपानले बताए ।

वीरगन्ज नाकाहुँदै भित्रिने ग्यास बरौनीको रिफाइनरीबाट बुलेटमा आउँछ, उनले भने, 'भारतमा पनि अचानक जनता कर्फ्यू र लकडाउन भएपछि बरौनीको रिफाइनरीमा उत्पदान र लोडअनलोड दुवै प्रभावित भयो , त्यसैको असर ४ दिन देखि परेको हो । 
तर आइतबारदेखि भने फेरि साबिककै परिमाणमा ग्यास आयात हुने सम्भावना पनि रहेको न्यौपानेले बताए। नेपाल ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर कुमानर श्रेष्ठले पनि नेपाल र भारत दुवै देश लकडाउन भएकाले त्यसको असर ग्यासको आयातमा पनि परेको बताए । 

नेपालका लागि ग्यास आयात हुने बरौनीको रिफाइनरी प्लाण्टमा पनि लक डाउनको असर परेकाले नेपालमा ग्यासको आयात प्रभावित भएको उनले बताए । भारतका रिफाइनरी प्लाण्टबाट ग्याँस बोकेर आउने बुलेट बीच बाटोमा पन्चर वा बिग्रियो भने मर्मत गर्ने ग्यारेज सबै बन्द छन्, उनले भने, 'होटल लज पनि बन्द छन्। बुलेटका चालकले खाना पाइरहेका छैनन्। यी कारणले पनि ग्यास आयातमा समस्यमा भइरहेको हो।'

उद्योगले ग्यास नपपठाएपछि डिलर बन्द

यता ग्यास बोटलिङ उद्योगले बजारमा माग अनुसारको ग्यास नपठाएका कारण वीरगन्जमा रहेका ग्यास उद्योगका केही आधिकारिक बिक्रेता (डिलर) हरुले पसल नै बन्द गरिदिएका छन् ।  
मनोज ग्यास उद्योगको आधिकारीक बिक्रेता मिखा ट्रेडर्सका सन्चालक गणेश श्रेष्ठले उद्योगले माग अनुसारको ग्यास सिलिण्डर पठाउन छाडेपछि ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको बताए ।

दैनिक ५ सय ग्राहक खाली सिलण्डर लिएर पसल अगाडि लाइनमा लाग्छन्, उनले भने, 'तर उद्योगले २/३ दिन बिराएर ५० वटा मात्र भर्ती सिलण्डर पठाउँछ त्यसैले गाली खानु भन्दा ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको छु। 

१ देखि ४ शुक्रबार वीरगन्ज भन्सारको आइसीपी अगाडिको सडकमा रहेका ग्यास बुलेटहरु । तस्बीर :क्रान्ति शाह 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.