भोकै अलपत्र परेका रिक्सा चालकलाई खाद्यान्न बाढ्दै युवा

भोकै अलपत्र परेका रिक्सा चालकलाई खाद्यान्न बाढ्दै युवा

वीरगन्ज : 'लक डाउन' पछि घर फर्किन नपाएर वीरगन्जका रिक्सा ग्यारेजमा भोकभोकै अलपत्र परेका रिक्सा चालकहरूलाई शुक्रबार निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ । 'लक डाउन' पछि भोकभोकै रिक्सा चालक' शीर्षकमा शुक्रबारको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशन भएको थियो ।

अन्नपूर्णपोष्टको समाचार पढेका वीरगन्जका युवाले शुक्रबार दिउँसो पानगल्ली, भिस्वा , बसपार्क र पानीट्यांकीमा रहेका रिक्सा ग्यारेजमा पुगेर रिक्सा चालकलाई चामल, दाल, आलु, प्याज, तेल र साबुन बाडेका हुन् । 

समाजवादी विधार्थी युनियनका नेता निखिल वर्णवाल, रोहित वर्णवाल, पुरुषोत्तम गुप्ता, राजन कलवार र निरज साह कानुले शुक्रबार ३५ जना रिक्सा चालकलाई एक साताका लागि खान पुग्ने खाद्यान्न सामाग्री बाडेका हुन् । 

जनही साढे ३ केजी चामल, आधा केजी दाल, आधा लिटर तेल, एक केजी आलु, १ केजी प्याज, १ केजी नुन र एक थान साबुन बाडिएको निखिल वर्णवालले जानकारी दिए । 

शुक्रबारको अन्नपूर्णपोष्टको समाचार पढेपछि आफुहरुले ग्यारेजमा अलपत्र परेका रिक्सा चालकलाई एक साताका लागि खान पुग्ने खाद्यान्न बाडेको उनले बताए । अन्य ग्यारेजमा पनि अलपत्र परिरहेका बारेमा खोजी गरिरहेको भन्दै उनले ती ग्यारेजमा पनि पुगेर खाद्यान्न बाड्ने बताए । 

कोरोना संक्रमणबाट जोगिन देशभर मङगलवारदेखि लकडाउन भएपछि वीरगन्जमा झण्डै डेढ सय रिक्सा चालक ग्यारेजमै अलपत्र परेका छन् । ४ दिनदेखि बजारमा रिक्सा लिएर निस्किन नपाएकाले ग्यारेजमै रिक्सा थन्क्याएर बसेका रिक्सा चालकसँगग बिहान बेलुकी खाना खाने पैसा पनि सकिएको छ ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.