पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

वीरगन्ज : पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। मृतक तस्करको भने सनाखत हुन सकेको छैन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो।

उनलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अमिर महर्जनले जानकारी दिए। सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन्। उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको महर्जनले जानकारी दिए।

घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको उनले बताए। शुक्रबार बिहान जंगल भित्रबाट बन्दुकको गोली पड्किएको आवाज आएपछि त्यसतर्फ गस्तीमा गएको सेनाको टोली माथि तस्करहरुले आक्रमण गरेपछि सेनाले पनि जवाफी कारवाहीमा गोली चलाएको श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.