संक्रमितसँग आएका व्यक्ति क्वारेन्टाइनमा
ओखलढुंगा : धादिङका कोभिड-१९ कोरोना संक्रमित व्यक्तिसँगै विमानमा आएका ओखलढुंगाको मोलुङ गाउँपालिका-१ का एक युवालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्ला स्तरीय कोरोना संक्रमण नियन्त्रण समतिको निर्देशनमा उनलाई क्वारेन्टाइनमा राखिएको हो। उनलाई मोलुङ गाउँपालिकाको रामपुरस्थित क्वारेन्टाइनमा लगिएको छ।
घरमै बसिरहेका तl युवालाई कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि क्वारेन्टाइनमा राखिएको मोलुङ गाउँपालिका-१ का वडाध्यक्ष प्रदीपकुमार बानियाँले बताए। क्वारेन्टाइनमा पुगेका युवा १९ मार्च अर्थात् चैत ६ गते नेपाल आएका थिए। उनी गत आइतबार ओखलढुंगा आएका हुन्।
यस्तै उनीसहित मोलुङ गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका अन्य दुई युवासमेत रामपुर क्वारेन्टाइनमा राखिएको छ। उनीहरु दुबई र कतारबाट आएका हुन्। यस्तै सिद्धिचरण नगरपालिका-४ रुम्जाटारमा एक व्यक्तिलाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ। योसँगै ओखलढुंगामा कोरोनाको संक्रमण हुनसक्ने आशंकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !