डोटी जिल्ला अस्पताल भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

डोटी जिल्ला अस्पताल भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

डोटी : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ आएको छ। उनी गत मंगलबार अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि गत बुधबार काठकाडौंस्थित टेकु अस्पताल पठाइएको थियो। तर उनको उक्त स्वाब परीक्षणको रिपोर्टमा उनलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।

शुक्रबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योती पाण्डेले जानकारी दिइन् । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका १९ वर्षीय ती एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए ।'अहिले उनलाई आइसोलेसन वार्डमा राखिएको भएपनि उनको अवस्था भने सामान्य रहेको छ,' डा.पाण्डेले भनिन्, 'भोलिसम्म उनलाई घर पठाउँछौं ।'

डोटीबाट स्वाब परीक्षणका लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणका लागि नपठाइएको डा.पाण्डेले जानकारी दिइन् । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका ती १९ वर्षीय युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए ।'अहिले उनलाई आइसोलेसन वार्डमा राखिएको छ। उनको अवस्था सामान्य रहेको छ।  डा.पाण्डेले भोलिसम्म उनलाई घर पठाउने तयारीमा रहेको जानकारी दिइन।

डोटीबाट स्वाब परीक्षणका लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणका लागि नपठाइएको डा.पाण्डेले जानकारी दिइन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.