मुस्कानलाई एसिड छयाप्ने अभियुक्त रिहा

मुस्कानलाई एसिड छयाप्ने अभियुक्त रिहा

वीरगन्ज : वीरगन्जकी किशोरी मुस्का खातुनलाई एसिड प्रहार गर्ने २ अभियुक्तमध्ये एकजना रिहा भएका छन् । वीरगन्ज बालसुधार गृहमा रहेका अभियुक्तद्वय वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलममध्ये सम्साद रिहा भएका हुन् । 
 
पर्सा जिल्ला अदालतको आदेशमा बैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद शुक्रबार बालसुधार गृहबाट रिहा भएका हुन् । सर्वोच्च आदलतमा चैत ७ गते बसेको न्यायधिशको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकालाई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो । 

 
सर्वोच्चको निर्णयमा कोरोना भाइरसको संक्रमणका बेला बाल सुधारगृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी अभिभावको जिम्मा लगाएर पठाउन सकिने उल्लेख छ । त्यही निर्णयबमोजिम सम्सादकी आमाले कोरोना संक्रमणका बेला आफ्नो नाबालक छोरालाई आफ्नो जिम्मा दिन माग गर्दै गत बुधबार अदालतमा निवेदन दिएकी थिइन् । 
 
बिहिबार न्यायाधीश विष्णुप्रसाद अर्यालयको इजलासले वैशाख १४ गते अदालतमा उपस्थित गराउने गरी सम्सादलाई उनकी आमाको जिम्मा लगाउन आदेश दिएपछि उनी रिहा भएको पर्सा जिल्ला अदालतकी नायब सुब्बा वर्षा साहले जानकारी दिइन् । मुस्कानलाई एसिड छ्याप्ने अर्का अभियुक्त मजिद आलमका अभिभावकले पनि रिहाको माग गर्दै अदालतमा निवेदन दिएको भए पनि अदालते निवेदन खारेज गरिदिएको छ । 

मजिदको उमेर १८ वर्ष पुगेकाले उनलाई छोड्न नमिल्ने भन्दै उनका अभिभावकले दिएको निवेदन खारेजको आदेश शुक्रबार भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 
 
वीरगन्ज ३ छपकैयाबाट वीरगन्ज ६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा गत भदौ २० गते बिहान वीरगन्जको विर्ता स्थित गणेशमान चोकमा मुस्कान खातुनमाथि सम्साद र  मजिदले एसिड प्रहार गरेका थिए ।  एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानको अहिले पनि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइहेको छ । 

घटना लगत्तै पक्राउ परेका सम्साद र मजिद दुवैको त्यसबेला प्रहरीबाट पेश भएको मिसिलमा उमेर १८ वर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभइ बालसुधार गृहमा राख्न अदालतले आदेश दिएअनुसार दुवैलाई बालसुधार गृहमा राखिएको थियो । 
 
मुस्कानका बुबा रसुल अन्सारीले भने छोरीमाथि एसिड छयाप्ने अभियुक्तलाई कोरोना संक्रमणको बहानामा रिहा गर्ने काम गलत भएको बताए । कोरोना महामारीको त्रास वीरगन्ज र नेपालमा मात्र नभइ विश्वभर नै रहेकाले यसकै बहानमा अपराधीलाई रिहा गर्नु जायज नभएको प्रतिक्रिया उनले दिए । 
अहिले पनि छोरीको उपचार काठमाण्डौमै चलिरहेको भन्दै उनले भने ,‘ अपराधीलाई छाडेर सरकारले हामीमाथि नै अन्याय गरेको छ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.