दैलेखमा कोरोना कहर : मास्कको सट्टा सालको पात !

दैलेखमा कोरोना कहर : मास्कको सट्टा सालको पात !

दैलेख : शुक्रबार साँझ ७ बजेतिर दैलेखमा सञ्चालित बाल हेल्पलाइन १०९८ मा एक्कासी फोनको घण्टी बज्यो । हेल्पलाइनमा खटिएका कर्मचारीले हत्तपत्त फोन उठाए । १० वर्षीया बालिका अलपत्र परेको खबर आयो । दैलेखको पञ्चकोशी तीर्थस्थल अन्तर्गत श्रीस्थान क्षेत्रमा अलपत्र परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा राती नै उद्दार गरियो। 

अलपत्र अवस्थामा फेला परेकी बालिकालाई बाल हेल्पलाइनको संरक्षणमा राखेर अभिभावकको खोजी सुरु भयो । शनिबार बिहान मात्रै बालिकाका अभिभावक सम्पर्कमा आए । महाबु गाउँपालिका वडा नं. ३ घर भएकी बालिकाका अभिभावकलाई बाल हेल्पलाइनको कार्यालयमा बोलाएर  जिम्मा लगाइसकेको हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । 

बालिकालाई लिन आउने आफन्त मध्येकी एक थिइन्, जुना नेपाली । उनले सालको पातको मास्कले मुख छोपिरहेकी थिइन् । कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न उनले कपडाको मास्कको सट्टा सालको पातले मुख छोपेको बताइन् । ‘बजारमा मास्क पाइएन, वनमा पाइने सालको पातलाई मास्कको बनाएर प्रयोग गरेकी हुँ', उनले भनिन् । 

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि आम नागरिक त्रसित बनेका छन् । भारत लगाएत अन्य मुलकबाट धमाधम गाउँ फर्किएपछि भाइरसको सम्भावित जोखिम गाउँमा पनि बढेको छ । संक्रमणबाट जोखिन ग्रामीण भेगका नागरिक मास्कको सट्टा सालको पात, गलबन्दी, रुमाल मुख छोप्न प्रयोग गरिरहेका देखिछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.