१२८ भारतीय र १२ नेपाली बोकर आएका ४ वटा बस नियन्त्रणमा

१२८ भारतीय र १२ नेपाली बोकर आएका ४ वटा बस नियन्त्रणमा

वीरगन्ज  : लकडाउनका बेलामा काठमाडौं र स्याङजाको वालिङबाट यात्रु लिएर आएका चारवटा बस प्रहरीले वीरगन्जमा नियन्त्रणमा लिएको छ । काठमाण्डौ र वालिङबाट आएका बा २ ख ४५९४, ना ५ ख ११०६ , लु १ ख ६८६० र प्रदेश ३–०१–००६ ख ००६६ नम्बरका बस प्रहरीले नियन्त्रणमा लिएको हो । ती बसमा भारतीय र नेपाली गरी १४० जना यात्रु रहेको प्रहरी जनाएको छ। प्रहरीका अनुसार चारवटा बसमा १२८ भारतीय र १२ जना नेपाली सवार थिए।

वीरगन्जस्थित घण्टघरमा आइतबार बिहान २ बजे तिर आइपुगेका यात्रुसहितका बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बसमा रहेका नेपालीको स्वास्थ्य परिक्षण गरी उनिहरुको घर पठाइने पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । 

भारतीयको पनि स्वास्थ्य परीक्षण गरिने तर नाका बन्द रहेकाले उनीहरु भारत जान सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक पन्तको भनाइ छ। ‘भारतमा पनि लक डाउन छ, वीरगन्ज नाका पनि बन्द छ, उनले भनिन्, ‘त्यसैले क्वारेन्टनमा स्वास्थ्य चेकजाच गरेपछि उनीहरुलाई खाने बस्ने प्रबन्ध आफैँ मिलाउनु भनेर छाडिने तयारी छ ।’ 

 
बसका चालक र सहचालकलाई के गर्ने  भन्ने विषयमा सुरक्षा समितिको बैठक बसेर निर्णय गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए । 
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.