नगरपालिकाले दियो १५ थान पीपीई
अछाम : साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई प्रदान गरेको छ । देशभरी बिना सुरक्षा सामग्रीमा स्वास्थ्यकर्मीले काम गरिरहेका बेला नगरपालिकाले बयालपाटा अस्पताललाई १५ सेट पीपीई प्रदान गरेको हो ।
प्रति सेट १८ हजार पर्ने २ लाख ७० हजार बराबरका १५ वटा पीपीई सेट नगर प्रमुख कुलबहादुर कुवँरले आइतबार अस्पताललाई उपलब्ध गराएका हुन् । देशभरी नोवल कारोना भाइरसको संत्रास भइरहेका बेला स्वास्थ्यर्मीले सुरक्षा कवच बिना अस्पतालमा काम गर्न असुरक्षित हुने भएकाले १५ थान पीपीई सेट प्रदान गरिएको नगर प्रमुख कुवँरले बताए । उनले भने, 'यति बेला स्वास्थकर्मीको मनोबल उच्च राख्ने बेला हो । स्वास्थकर्मी आफू सुरक्षित भएर मात्र बिरामीको उपचार गर्न सक्छन् त्यसैले बाँकी आवश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउने छ ।'
भारत तथा अन्य मुलुकसँगै काठमाडौंबाट पनि अछाम भित्रिनेको संख्या बढी भएकाले जिल्ला कोरोनाको उच्च जोखिममा भएको अवस्थामा स्वास्थ्यकर्मीले पनि आफ्नो व्यक्तिगत सुरक्षाका साम्रागी प्रयोग गरि कोरानाको लक्षण देखिएका, लक्षणको शंका लागेका, क्वारेन्टाइनमा बसेका तथा आइसोलेसनमा रहेका बिरामीलाई उपचारमा सहजका लागि पीपीई सेट उपलब्ध गराएको नगर प्रमुख कुवँरको भनाई छ ।
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बयालपाटा अस्पतालले नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमण भित्रिन र फैलिन नदिन स्वास्थ्यकर्मीलाई खटाईरहेको अवस्थामा पिपिईको आवश्यकता खट्किरहेका बेला नगरपालिकाले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । यो बेला देशभर पीपीई अभावमा पनि स्वास्थ्यकर्मी खटेर स्वास्थ्य सेवा प्रदान गरिरेहका निर्देशक गौचनले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !