कोरोना कहर : घरभित्रै मनाइयो चैते छठ (तस्बिर)

कोरोना कहर : घरभित्रै मनाइयो चैते छठ (तस्बिर)

वीरगन्ज : 'कोभिड १९' महामारीको असर तराई मधेसमा मनाइने चैते छठ पर्वमा पनि परेको छ । चैते छठ तलाउ , पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामुहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर सोमबार परेको चैते छठ भने कोरोनाको महामारी फैलने डरले महिलाहरूले जलाशयमा नगइ आ-आफनै घरमा छठी माताको प्रतिमा सिरसोता बनाएर मनाएका छन् । 

वीरगन्जमा झण्डै दुइ दर्जन स्थानमा रहेका छठ पूजा व्यवस्थापन समितिले पनि एक साता पहिले नै सार्वजनिक सूचना निकालेर सोमबारको चैते छठ, जलाशयको छटघाटमा नभइ आ-आफनै घरभित्र मनाउन आग्रह गरेका थिए ।

चैते छठ पर्व पनि तराईमा कार्तिकमा मनाइने छठ जस्तै आस्थाका साथ मनाइन्छ । तर कोरोना संक्रमणबाट जोगिन देश नै लक डाउन भएपछि सोमबार महिलाहरू जलाशयमा नगइ आ-आफनो घरमै छठ पर्व मनाएका हुन् । 

वीरगन्ज १० अशोकवाटिकाकी जागो देवीले भनिन्, ‘छठघाटमा नजान प्रहरीले माइकिङ गरिरहेको छ, तर सूर्य भगवान र छठीमाईलाई अर्घ त जसरी पनि दिनै पर्यो । त्यसैले छतमाथि बाटामा पानी राखेर त्यसमै उभिएर सूर्यदेव र छठीमाईलाई अर्घ दियौँ ।' 
 
लकडाउनका कारणले बजार पनि सुनसान भएकाले छठ पूजामा प्रसादका लागि चाहिने फलफूल, कन्दमुल र हरियो तरकारी गाँउटोलमै खोजेर भेटिएको जति ल्याएको उनले बताइन् । 
 
वीरगन्ज ३ छपकैयाकी व्रतालु सुशीला देवीले भनिन्, '२२ वर्ष भयो मैले चैते छठ गर्न थालेको, तर छठघाटमा नगइ घरमा मनाउनु परेको यो पहिलो पटक हो, यसपाली छठको रौनक पनि छैन ।'

'नदि ,तलाउ , पोखरी वा कुनै पनि जलाशयको पानीभित्र पसेर सुर्य र छठीमातालाई अर्घ दिएपछि मात्रै छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ',  भोजपुरी संस्कृतविद उमाशंकर द्विवेदीले भन्छन्, ‘तर यो संकटको घडीमा बाहिर जानु पनि उचित छैन, त्यसैले आफ्नै घरमा सानो पोखरी खनेर वा नसक्नेले छतमा कुनै भाँडो वा बाटामा पानी भरेर त्यसको वरिपरि प्रसाद राखेर अर्घ दिइ आस्था र श्रद्धाका साथ छठी माताको पूजापाठ गर्दा नै ठिक हुन्छ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.