भारतबाट डडेल्धुरा आएका एक जनाको नमूना सकंलन
डडेल्धुरा : डडेल्धुरामा कोभिड–१९ कोरोना भाइरसको आशंकामा एक जनाको नमुना संकलन गरिएको छ। जिल्लाको अमरगढी नगरपालिका-९ का अन्दाजी २० वर्षीय पुरुषको नमुना संकलन गरिएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।
उनी १० दिन अगाडी भारतको मुम्बइबाट घर आएको र रुखाखोकी र सामान्य ज्वरो देखिएकाले डडेल्धुरा अस्पतालमा थ्रोट स्वाब संकलन गरिएको सूचना अधिकारी पन्तले बताए।
संकलन गरेको नमुना परिक्षणका लागि स्वास्थ्य निर्देशनालाय हुदैँ काठमाडौं पठाइने उनले बताए।
प्रतिक्रिया दिनुहोस !