इन्धन भर्न गएका ट्यांकरमा भारतीय सुरक्षाकर्मीको अवरोध

इन्धन भर्न गएका ट्यांकरमा भारतीय सुरक्षाकर्मीको अवरोध

वीरगन्ज : इन्धन लिन भारत जान गएका ट्याङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर अवरोध गरेपछि चार घन्टापछि मात्र भारत प्रवेश गरेका छन। भारतको रक्सौलस्थित आइओसीको डिपोमा पेट्रोल र डिजेल भर्न गएका ट्याङकरलाई सुरक्षाकर्मीले भारत प्रवेशमा अवरोध गरेका हुन् । 

मङगलबार बिहान वीरगन्ज नाकाहुँदै भारत जान लागेका ४० टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकि दिएका थिए। इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर पाएर नेपाल आयल निगमले पहल गरेपछि भने नाकामा रोकिएका इन्धनका टयाङकर ४ घण्टा पछि मात्रै भारत प्रवेश गर्न दिइएको हो। 

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका अधिकारीसँग समन्वय गरेपछि मात्रै टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल छिर्न दिएको आयल निगम वीरगन्ज शाखाका प्रमुख राम कुमार न्यौपाने बताए। 

लकडाउनमा नेपालबाट जाने खाली टयाङकर भित्र लुकेर भारतीय घुसपैठ हुनसक्ने आशंकामा रक्सौल नाकामा भारतीय सुरक्षाकर्मीले टयाङकर छिर्न नदिएको बताए ।तर आयल निमगले इन्धन भर्न भारत जाने खाली टयाङकरमा चालक र सहचालक गरी २ जना मात्रै जाने आश्वस्त पारेपछि मात्रै रोकिएका टयाङकर बिहान साढे ११ बजे पछि रक्सौल छिर्न दिएको उनले बताए ।

त्यसअघि बिहान टयाङकर रोकिएको खबर पाएपछि रक्सौल नाकामा पुगेका आयल निगम वीरगन्ज शाखाका अधिकृत रन्जित कापटीको कुरा नै नसुनी  भारतीय सुरक्षाकर्मीले परबाटै धपाइ दिएका थिए । 

रक्सौल नाकाबाट मालवाहक गाडी नेपाल प्रवेशमा रोक

लकडाउनमा इन्धन र अन्य मालसामानका गाडी आवागमनमा अवरोध नगर्ने दुवै देशबीच सहमति छ । तर गत आइतबार देखि भने भारतीय सुरक्षाकर्मीले रक्सौल नाकाहुँदै भारतबाट नेपालका लागि मालसामान लिएर आउने गाडीलाइ नेपालतर्फ आउन दिएका छैनन् ।

रक्सौल नाकास्थित भारतीय कस्टम पोष्टमा खटिएका भारतीय सुरक्षाकर्मीले आइतबारदेखि भारतबाट रक्सौल नाकाहुँदै कुनै पनि मालवाहक गाडी नेपालतर्फ आउन नदिएको मितेरी पुलमा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतले बताए । 

उनले भने, 'आइतबारदेखि न यताबाट कुनै गाडी जान दिएको छ, न उताबाट नै मालवाहक गाडीहरु आउन दिएको छ ।  वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले पनि आइतबारदेखि रक्सौल नाकाहुँदै कुनै पनि मालबाहक सवारी वीरगन्ज नछिरेको बताए ।उनले भने, 'आइसिपीबाट भने खाद्यन्न तथा पेट्रोलिय पदार्थ र ग्याँस बुलेट आइरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.