अछाममा करिब ४ हजार जना भित्रिए, ६४ मात्रै क्वारेन्टाइनमा

अछाममा करिब ४ हजार जना भित्रिए, ६४ मात्रै क्वारेन्टाइनमा

अछाम : अछामका १० वटै स्थानीय तहले जिल्ला बाहिर तथा भारतबाट आएका नागरिकको तथ्यांक संकलन गरिरहेका छन्। जिल्लाको मंगलसेन, पञ्चदेवल बिनायक,साँफेबगर, कमलबजार नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख, रामारोशन, तुर्माखाद,ढकारी र चौरपाटी गाउँपालिकाले संकलन गरेको तंथ्याकमा ३ हजार ८ सय ४६ जना भित्रिएका छन्।

चैत १५ गते जिल्ला कमाण्ड समितिको बैठकले सबैलाई तथ्यांक संकलन गर्न निर्देशन दिएपछि अछाममा बाहिरका जिल्ला, भारत तथा तेस्रो मुलकबाट आएका नागरिकको तथ्याक संकलन गरिएको हो ।

साँफेबगर नगरपालिकामा १४ वटै वडामा १ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट आएको तंथ्याक रहेको छ । उनीहरु सिधै घरपरिवारको सम्पर्कमा रहेका छन् । स्थानीय तहले बनाएका क्वारेन्टाइन बसेका छैनन् । 

मंगलसेन नगरपालिकामा १४ वटै वडाको तंथ्याकमा यस अवधिमा ८ सय ३२ जना भित्रिएका छन्।  जसमा सबैभन्दा धेरै वडा नम्बर १३ बस्तीमा १ सय ५६ र सबै भन्दा कम वडा नम्बर २ मिस्तुरुमा ५ जना रहेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले दिए । 

जसमा अंधिकाश भारतबाट आएका र केही व्यक्ति काठमाडौंबाट आएका उनले बताए । अहिले मंगलसेनको क्वारेन्टाइनमा ५३ जनालाई १४ दिनका लागी राखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा ५ सय २५ जना भित्रिएका छन । जसमा भारतबाट २ सय ९९ र जिल्ला बाहिरबाट २ सय २६ जना आएका गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए । 

मेल्लेख गाउँपालिकामा यस अवधिमा भारतबाट मात्रै आएका नागरिकको तंथ्याक संकलन गर्दा ५ सय ७४ नागरिक आएका छन । गाउँपालिका ८ वटै वडामा ४ सय ६९ पुरुष, ७७ महिला र २८ जना बालबालिका आएका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले जानकारी दिए।
 
उता रामारोशन गाउँपालिकामा १ हप्ताको अवधिमा १ सय ९८ नागरिक भित्रिएका तंथ्याक रहेको छ । ७ वटै वडाको तंथ्याकमा पुरुष १ सय ७८ जना र महिला २० जना रहेका गाउँपालिकाले जनाएको छ । यसैगरी पञ्चदेवल बिनायक नगरपालिकामा चैत ५ गते यता ८५ जना भित्रिएका छन् ।

जसमा ७८ परुष, ७ महिला रहेका नगरपालिकाले जनाएको छ । यसैगरी चौरपाटी गाउँपालिकामा ३ सय १० जना भित्रिएका छन् । ढकारी गाउँपालिकामा ५ सय ८७,तुर्माखाँद गाउँपालिकामा ३ सय ५६ र कमलबजार नगरपालिकामा २ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट भित्रिएका छन् । 

कमलबजारमा निषेधाज्ञा उलंघन गरी ११ जनालाई क्वारेन्टाईमा राखिएको छ । तुर्माखाद गाउँपालिका भित्रिएका ३ सय ५६ जना सबै भारतबाट आएका स्वास्थ शाखा प्रमुख एकेन्द्र वयकले बताए । उनले भने, 'गाउँपालिकाले क्वारेन्टाइन बनाएको छ तर  कोही बस्नै मान्दैनन्, सुरक्षित घरमै बस्नु होला भनेका छौं,सम्झाउन र बुझाउनै गाह्रो छ । नियमित स्वास्थ परीक्षण भने गरिरहेका छौं।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.