डोटीमा नाम मात्रैका क्वारेन्टाइन

डोटीमा नाम मात्रैका क्वारेन्टाइन

डोटी : विश्‍व अहिले कोरोना भाइरसले आक्रान्त भइरहेका बेला नेपाल पनि अछुतो छैन । नेपालमा कोरोना भाइरस संक्रमण फैलन नदिन नेपाल बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरेको छ । विशेषगरी छिमेकी मुलुक भारतबाट घर फर्केका मानिसलाई कम्तीमा दुई हप्ताका लागि क्वारेन्टाइनमै राख्ने बताइएको छ।

समाजबाट अलग्गै स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्ने र कोठामा कम्तीमा एक मिटरको दूरी फरक पारेर प्रत्येक व्यक्तिले बस्नुपर्ने मादण्ड भएपनि डोटीका क्वारेन्टाइनमा भने यस्तो छैन। नाम मात्रै क्वारेन्टाइनमा एउटै बेडमा चारजना व्यक्ति सुतिरहेको पाइएको छ ।

जिल्लाका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरीका कारण विभिन्न किसिमका समस्या देखिएका छन् । कुनैमा पर्याप्त कपडा नभएर चिसोको समस्या छ भने कुनैमा साबुन, पानी, दाउरालगायतको समस्या देखिएको छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु समेत सँगै (टाँसिएरै) बस्ने, सँगै खाने तथा सँगै बसेर समय बिताउने गरिरहेको पाइएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर १० स्थित सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा १५ जना व्यक्ति बसेका छन्।

वडा नम्बर १० का ६ जना र वडा नम्बर ११ का ९ जना बस्ने गर्दछन् । उनीहरु सामाजिक दूरी कायम नगरिकन चार जनासम्म एउटै बेडमा बस्ने गरेको पाइएको हो ।विद्यालयका बेन्चसँगै मिलाएर सँगै सुत्ने गरेको पाइएको हो ।

'व्यवस्था राम्रो छैन, जसोतसो बसिरहेका छौं,' वडा नम्बर ११ का दिपक बलायरले भने, 'लुगाकपडा पर्याप्त छैन।चिसोले सामान्य पेट दुख्ने, टाउको दुख्छ।सामान्य औषधिको समेत उपलब्धता छैन ।'

भाँडा धुने तथा नुहाउने, हात धुने साबुनको तथा खाना पकाउन दाउराको समेत समस्या रहेको त्यहाँ बस्ने बताउँछन्। ।भारतको चेन्नइबाट आएकी वडा नम्बर १० घर भएकी लक्ष्मी दमाई एक्ली महिला हुन्। उनले पनि सँगै आएका आफ्ना दुई भाइसँग एउटै ओछ्यानमा सुत्नुपर्ने बाध्यता रहेको छ ।'न ओढ्ने राम्रो रहेको छ, न ओछ्याउने, सामान्य ओढ्ने कपडाले रात काट्नुपर्ने बाध्यता छ,' उनले भनिन्, 'महिनावारीको समय आइरहेको छ। यतै भइहाल्यो भने म कसरी भाइसँग बस्ने ?'

'हामीले राम्रैसँग व्यवस्था गरेका थियौं, के भएछ ?,' शिखर नगरप्रमुख सिताराम जोशीले भने, 'सम्बन्धित वडा अध्यक्षलाई सम्पूर्ण जिम्मेवारी दिएका थियौं ।'  उता वडा नम्बर ११ का वडा अध्यक्ष भिष्म बलायरले क्वारेन्टाइमा राम्रो व्यवस्था भएको दावी गरे। उनले कोठामा अलग अलग बेड बनाएको तर उनीहरु नै मिलाएर बसेको बताए। अध्यक्ष बलायरले भने, 'बेडहरु त आफैले पनि अलग बनाउन सकिन्छ ?, महामारीका बेला उनीहरुले पनि त आफ्नो हेरविचार गर्नुपर्छ।'

यता दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ४ राजपुरमा रहेको व्वारेन्टाइनमा पानी तथा सामान्य औषधिको अभाव छ।उक्त क्वारेन्टाइनमा बसेका चन्द्र खड्काले भने, ' न पानी छ, नत औषधी नै छ।

जिल्लाभरी ४१० जना क्वारेन्टाइनमा

चैत महिना यता मात्रै डोटी जिल्लामा भारतबाट घर फर्कनेको एकिन तथ्याङ्क नरहेको भएपनि हजारौंको संख्यामा आएको हुनसक्ने अनुमान गरिएको छ । भारतबाट आउने सबै भने अझै क्वारेन्टाइनमा बसेका पाइँदैन ।

अहिलेसम्म डोटीमा जम्मा चार सय १० जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा स्थापना गरिएका २५ स्थानका क्वारेन्टाइनहरुमा जम्मा पाँच सय १७ बेडहरु राखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्बन्धि सम्पर्क व्यक्ति सूर्य बिष्टले जानकारी दिएका छन् ।

जिल्लामा सबैभन्दा बढीको संख्यामा बोगटान फुड्सिल गाउँपालिकाले क्वारेण्टाइनमा राखेको छ । उक्तगाउँपालिकाले एक सय १५ जनालाई क्वारेन्टाइनमा राखेको छ । त्यसैगरी आदर्श गाउँपालिकामा ८१ जना क्वारेण्टाइनमा रहेका छन् । बडीकेदार गाउँपालिकामा ४५, जोरायल गाउँपालिकामा छ, पूर्वीचौकी गाउँपालिकामा दुई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा ३९, शिखर नगरपालिकामा ७६ र दीपायल सिलगढी नगरपालिकामा ३३ जना क्वारेन्टाइनमा रहेका छन् ।

क्वारेण्टाइनमा बसेकासबै व्यक्ति भारतका विभिन्न सहरबाट आएका हुन् । नेपालमा लकडाउन सुरु हुन भन्दा केही दिन अगाडिदेखि भारत तथा तेस्रो मुलुकबाट घर फर्किएर क्वारेन्टानमा नबसि घरमै बसिरहेका सबैको तथ्याङ्क संकलन स्थानीय तह मार्फत भईरहेको प्रमुख जिलला अधिकारी टेक नारायण पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.