धनगढीका कोरोना संक्रमित युवकका परिवारको स्वाब काठमाडौं पठाइयो

धनगढीका कोरोना संक्रमित युवकका परिवारको स्वाब काठमाडौं पठाइयो

धनगढी : धनगढीमा कोरोना संक्रमित युवकका परिवारका १० जनाको बुधबार थ्रोट स्वाब संकलन भएको छ। बिरामीका बुवा आमा, दाजु भाउजू, भतिजा भतिजी, श्रीमती छोरी, दुई जना आफन्तको थ्रोट स्वाब संकलन गरिएको सेती प्रादेशीक अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिइएको छ। 

धनगढीको रंगशालामा नेपाली सेनाले हेरिरहेको क्वारेन्टाइनमा रहेका एका भारतीय नागरिक र थप दुईजना चिकित्सकको पनि थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको सेती अञ्चल अस्पतालका सूचना अधिकारी डा. जगदिश जोशीले जानकारी दिए। 

दुबईबाट आएका धनगढी उप–महानगरपालिका-५ का ३४ वर्षीय युवकमा कोरोना देखिएको थियो। उनको सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ। 

अस्पतालले, बीचमा पखाला देखिएका युवा अहिले सामान्य छन्। उनका परिवारका सदस्य र आफन्तलाई चारदिनसम्म धनगढी रंगशालामा रहेको क्वारेन्टाइनमा राखेर सोमबार साँझ घर पठाइएको थियो। 

धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार नभएकाले संकलन भएका १३ वटै स्वाबका नमुना काठमाडौँ पठाउने तयारी भइरहेको सेती प्रादेशीक अस्पतालले जनाएको छ। यद्यपि कोरोना संक्रमित युवाका परिवारमा कसैमा पनि लक्षण देखिएका छैनन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.