दिल्लीको मुस्लिम धार्मिक सभामा सहभागी भइ नेपाल आएको आशंकामा ११ जना पक्राउ

दिल्लीको मुस्लिम धार्मिक सभामा सहभागी भइ नेपाल आएको आशंकामा ११ जना पक्राउ

वीरगन्ज : भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले ११ जनालाइ नियन्त्रणमा लिएको छ । 

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका ११ जनालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो।  उनीहरु सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ। दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तीन दिने आन्तराष्ट्रिय तबलीगी जमात (धार्मिक सभा) मा सहभागी भइ पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४÷५ दिन देखि बसेको सूचना गाउँलेले प्रहरीलाई दिएका थिए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादवका अनुसार गाउँलेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मस्जिदमा बसिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो । 

 प्रहरीले नियन्त्रणमा लिएकालाई बुधबार साँझ वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण पछि बुधबार रातिदेखि सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो ।  

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका मानिस हुन् ।   रौतहटको यमुनामाइ गाउँपालिका ३ हजमीनियाका ६ , वडा नम्बर ४ सरुअठाका १ , राजपुर नगरपालिका २ फतुहा महेशपुरका ४ जना छन् । 

दिल्लीको तबलीगी जमातमा सहभागी भइ भारतबाट भागेर पर्सामा आइ लुकीछिपी बसेको स्थानीयले आशंका गरे पनि उनीहरुले भने आफूहरु दिल्लीबाट नआएको दाबी गरेका छन् । उनीहरुले आफू मुस्लिम धार्मिक प्रवचन दिने क्रममा पर्सामा आएर ४ हप्ता देखि बसेको बताएका छन् । क्वारेन्टाइनमा रहेका मध्ये हजमीनीयाका शेख महफुजले सप्तरीमा फागुन ३ देखि ५ सम्म आयोजित इज्तिमा ( धार्मि सम्मेलन) सकेर पर्सामा आएर विभिन्न मदर्शामा धार्मिक प्रवचन दिने क्रममा प्रहरीले आफूहरुलाई पक्रेर ल्याएको बताए ।

उनले भने, 'हामी दिल्लीको तबलीगी जमातमा गएर यहाँ आएको हल्ला चलाइएको छ, तर यो सरासर झुठ हो।'  तर गाउँपालिका स्वास्थ्य संयोजक यादवले भने,' भारतबाट आएका ११ जना ४/५ दिन देखि गाउँको मस्जिदमा बसेको स्थानीयले सूचना दिएपछि प्रहरीलाई खबर गरेर बुधबार साँझ नियन्त्रणमा लिइएको बताए । 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले उनीहरु दिल्ली वा कहाँबाट आएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइन् ।  नियन्त्रणमा लिइएकालाई क्वारेन्टाइनमा १४ दिनसम्म राखिने पनि उनले जानकारी दिइन् । 

भारतीय संचार माध्यमका अनुसार दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातमा नेपालका पनि २० जना जमातीको सहभागी भएका थिए । भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीको नामावली सार्वजनिक गरेको छ । उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीको नामावली अनुसार चितवनका ११ जना, बाराका ४ जना रौतहटका २ जना, गोरखाका २ जना र पर्साका एक जना रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.