क्याम्पसमा थुनिएका भारतीय भन्छन् : लामखुट्टेले सुत्‍न दिंदैन, खाना पनि आधा पेट मात्रै

क्याम्पसमा थुनिएका भारतीय भन्छन् : लामखुट्टेले सुत्‍न दिंदैन, खाना पनि आधा पेट मात्रै

वीरगन्ज : लकडाउन उल्लंघन गरी भारत फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिइ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा थुनेर राखेका भारतीयले खान बस्न समस्या भएको गुनासो गरेका छन्। काठमाडौं, चितवन लगायतका जिल्लाबाट घर फर्कने क्रममा वीरगन्ज नाकाबाट मङगलबार राति  प्रहरीले चार सय १४ भारतीयलाई नियन्त्रणमा लिएको थियो।

तीमध्ये केहीलाई वीरगन्ज छेउछाउमा रहेका आफन्त र नातागोतको जिम्मा लगाएर प्रहरीले पठाएको छ। चितवन, मकवानपुर, बारा र रौतहटबाट आएकालाई पनि प्रहरीले उतै फर्काइदिएको छ। 

पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार १ सय ६८ जना मात्र भारतीय छन्।

उनीहरूलाई क्याम्पसको १७ वटा कोठामा राखिएको छ। खानाको लागि ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगर र रुङगटा वेलफेयर सोसाइटीले प्रबन्ध गरेको छ।  

प्रहरीले क्याम्पसका कोठामा राखेका भारतीयले भने खान बस्न निक्कै समस्या भएको गुनासो गरेका छन्। एउटै कोठामा १४ जनासम्मलाई कोचेर राखिएको र त्यसमा पनि कोठा फोहोर रहेकाले लामखुट्टेका कारण सुत्न बस्न सकस भइरहेको उनीहरूको भनाइ छ। 

खाना पनि थोरै दिएकाले त्यसले २ दिनदेखि आधा पेट मात्र खाएर छाक टारिरहेको गुनासो उनीहरूको छ। 'कोठा सफा छैन, भूईंमा म्याट राखेर सुताएका छन्, मच्छडले टोकेर रातभर सुत्न दिएन', बिहार सेमराघाटका सरताज अहमदले भने, ‘१४ दिनसम्म यहीँ बसियो भने बिरामी नै परिन्छ।' 

बिहार बेतियाको माधवपुर घर भएका मुन्ना दासले भने, ‘बुधबार दिउँसो  २ बजेपछि मात्रै खान दिए , बिहीबार पनि १२ बज्यो तर अहिलेसम्म ठेगान छैन, जेलका कैदीको भन्दा पनि बुरा हाल छ हाम्रो।'

‘हामी देहातको मजदुर मान्छे, दिनभरमा ३ टाइम खाना खान्छौँ तर यहाँ सानो एउटा प्याकेटमा भात तरकारी ल्याएर मिल्काइदिन्छन् , यति थोरै खानाले त सानो बच्चाको पनि पेट भरिँदैन', मोतीहारीका भागनारायण महत्तोले दुखेसो पोखे। 

बिहीबार क्याम्पस परिसरमा भेटिएका भारतीय महावाणिज्यदूतावासका वाणिज्यदूत सुरेशकुमारले प्रहरीले नियन्त्रणमा लिएर क्याम्पसमा राखेका भारतीयले भरपेट खाना खान नपाएको गुनासो सम्बोधन गरिने बताए। उनले भने, ‘लकडाउनसम्म यिनीहरूलाई भारत पठाउन सकिँदैन, खाना वा अन्य कुनै गुनासो छ भने त्यो हामी सम्बोधन गर्छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.