खाडीका नेपाली फर्काउन अन्योल

खाडीका नेपाली फर्काउन अन्योल

काठमाडौं : रोजगारीका लागि खाडीमा रहेका नेपाली स्वदेश फर्कन चाहेपछि सरकार ल्याउने नल्याउने द्धिविधामा छ। कुवेतले अहिले गैर भिसामा बसेका विदेशीलाई सुविधा दिएर घर फर्काउने निर्णय गरेको छ। खाडी मुलुकसहित पश्चिमा एसिया क्षेत्रमा करिब २० लाख नेपाली कार्यरत छन्।

कुवेत सरकारले अप्रिल महिनाभर विदेशी नागरिकलाई आफूले काम गरेको स्थान र रहनुपरेको कारणसहित जानकारी दिए फर्काउने प्रक्रिया अघि बढाउने जनाएको हो। फिर्ती प्रक्रिायका लागि उसले कामदार पठाउने मुलुकलाई पनि जानकारी दिइसकेको छ।

कुवेतमा ७० हजार बढी नेपाली कार्यरत छन्। सात हजार भन्दा बढी बिना भिसामा काम गरिरहेको सूचना दूतावासलाई छ। बिना भिसाका नेपालीसहित सबै मुलुकलाई कुवेत सरकारले सुविधा दिएपछि नेपालीले आफूहरुलाई फकाउने वातावरण मिलाउन दूतावासलाई आग्रह गरिरहेका छन्।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालीसहित सबै विदेशी कामदारलाई दिएको यो अवसर राम्रो भए पनि मुलुकको वर्तमान अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषय अध्ययन भइरहेको बताए। ‘यसबारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छु। अन्य मुलुकले लैजाने भनिरहेका छन्’, भण्डारीले टेलिफोनमा भने, ‘हामी नेपालीसँग सम्पर्कमा छौं। छलफल गरिरहेका छौं।’

फिलिपिन्स, भारतसहितका मुलुकले विमान चार्टर गरी लैजाने तयारी गरेका छन्। नेपालको अवस्था फिर्ता ल्याउने पक्षमा नरहेको जानकारी दूतावासले दिनुपर्ने परराष्ट्रको धारणा छ।

कुवेतसहित अन्य खाडी मुलुक साउदी अरेबिया, ओमान, बहराइन, युएई, कतारलगायतबाट नेपाली फर्कन चाहेका छन्। कतिपयको त टिकट समेत तय थियो। खाडीमा संक्रमणको संख्या कम भए पनि सबै त्रासमा छन्। बहराइनमा तीनजनामा संक्रमण देखिएको छ भने युएईमा ६ जना पुगिसकेको छ। २ जना उपचार गरेर आफ्नो निवासमा फर्केका छन्। साउदी र कुवेतमा एक–एक जनामा संक्रमण देखिएको छ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुई नेपालीको सफल उपचार भएकोमा त्यहाँको सरकारलाई धन्यवाद दिएका छन्। अन्य संक्रमितसँग सम्पर्कमा रहेर उपचारमा जोड दिएको जानकारी दिए। त्यो क्षेत्रका अन्य राजदूतहरु पनि सकेसम्म नेपालीको सम्र्कमा रहने र उनीहरुको अवस्थाबारै दैनिक परराष्ट्र मन्त्रालयलाई खबर गरिरहेका छन्।

पश्चिम एसिया महाशाखा प्रमुख हरिशचन्द्र घिमिरेले सबैको जानकारी आइरहेको बताएका छन्। ‘हामी कहिले मन्त्रालय पुगेर त कहिले घरबाटै पनि त्यहाँको अवस्थाबारेमा दैनिक जानकारी लिइरहेका छौं’, उनले भने।

इजरायल, दक्षिण अफ्रिका र इजिप्टले पनि त्यहाँको बारेमा नियमित जानकारी गराइ रहेका छन्। ति मलुकमा भने अहिलेसम्म कोरोनाबाट कोही संक्रमित भएका छैनन्। इजिप्टका राजदूत झविन्द्र अर्यालले अन्नपूर्णसँग भने, ‘यहाँबाट हेरिने १८ मुलुकमा नै कोरोना संक्रमण फैलिएको छ। नेपालीलाई अहिलेसम्म संक्रमण देखिएको छैन। संक्रमण भइहाले उपचारमा सहयोगी बन्न सम्पर्क सञ्जाल छरितो पारेका छौं।’, ‘दूतावास आलोपालो खोल्ने तथा कार्यालय समय भन्दापछि पनि फोन उठ्ने ब्यवस्था गरेका छौं’, उनले भने, ‘हामी २४ सै घण्टा सम्पर्कका छौं।’

दक्षिण अफ्रिकाका कार्यवाहक राजदूत घनश्याम लम्सालले पनि सम्पर्क सञ्जालमा रहेर काम गरिरहेको बताए।

इजरायलका राजदूतले पनि त्यहाँ रहेको थोरै नेपालीबारेमा जानकारी गराइरहेका छन्। इजरायलमा निकै कम नेपाली छन्। साइप्रसको अवस्थाका बारेमा विवरण पठाउन भनिएको छ। दूतावासले आफ्नो वेवपोर्टलमा साइप्रसका अवैतनिक दूत र गैरआवासीय नेपालीको सम्पर्कबाट समस्यामा परेकालाई सघाउने उल्लेख गरेको छ।

पश्चिम एसियाली मुलुकमा रहेका नेपाली लकडाउन र आंशिक लकडाउने रोजगारी गुम्ने त्रासमा छन्। कतिपय नेपाली त्यहाँको सरकारको नियम उलंघन गर्दा कारबाहीमा परेका बेला दूतवासले समन्वय गरी छुटाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.