वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधिसहित सामान पनि चोरियो

वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधिसहित सामान पनि चोरियो

वीरगन्ज : लकडाउनका बेला वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ।अज्ञात समूहले वडा कार्यालयमा आगजनी गर्नुका साथै सरसामान चोरेर पनि लगेको छ । अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको छ । रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीमा बिहीबार राती अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए ।

बिहीबार राती अज्ञात समूहले वडा कार्यालयको ढोकाको चाल्ता फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् । 

कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले बताए । 

वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा सचिव घनश्यामले जानकारी दिए । 

आगजनी गर्नेहरुले स्वास्थ्य चौकीको कोठाको पनि ताल्चा फुटाएर केहि औषधि लगेको उनले बताए । लकडाउनले समस्यामा परेका विपन्न,गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखिएको वडा सचिव कुर्मीले बताए । 

आगजनी र चोरीबाट करिब चार लाख बराबरको क्षति भएको उनले जानकारी दिए । चोरी गर्ने मनसायभन्दा पनि जनप्रतिनिधिसँग रिसबी साँध्न नियतले वडा कार्यालयमा आगजनी गरिएको हुनसक्ने वडा अध्यक्ष दशरथले बताए । 

वडा अध्यक्ष दशरथले भने, 'घटनामा संलग्नको पहिचानका लागि प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।हामीले पनि आफनो तरिकाले छानबिन गरिरहेका छौं।'पर्साकी प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले घटनामा संलग्नको खोजी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.