मजदुरलाई चामल वितरण

मजदुरलाई चामल वितरण

बैतडी : लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई दैनिक छाक टार्न समस्या भएपछि जिल्लाको दशरथचन्द नगरपालिकाले चामल वितरण सुरु गरेको  छ। नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने व्यक्तिको तथ्यांक संकलन गरेर चामल वितरण गरिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । उनका अनुसार ११ वटै वडामा मजदुरको तथ्यांक संकलन गरेर चामल वितरण गरिएको हो।

शुक्रबार ५ र ७ नम्बर वडामा मजदुरहरुलाई चामल वितरण गरिएको उपप्रमुख चन्दले बताइन् । वडा नम्बर ५ मा २ सय बढी मजदुरलाई चामल वितरण गरिएको छ भने  ७ मा १९० परिवारलाई चामल वितरण गरिएको छ ।

५ जनासम्मको परिवारलाई १० केजी र ५ जनाभन्दा बढी सदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गरिएको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताए । प्रत्येक टोलटोलमा पुगेर तथ्यांकमा समेटिएका नागरिकलाई मापदण्ड अनुसार चामल वितरण भइरहेको नगरपालिकाका नायब सुब्बा राजेन्द्र बिष्टले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.