संक्रमित युवतीको दोस्रो परीक्षण रिपोर्ट पोजेटिभ

संक्रमित युवतीको दोस्रो परीक्षण रिपोर्ट पोजेटिभ

बागलुङ : धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत पाँचौ कोरोना संक्रमित युवतीको दोस्रो पटकको स्वाब परिक्षण रिपोर्टमा पनि कोरोना संक्रमण देखिएको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङ नगरपालिका-४ कुँडुलेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहे पनि दोस्रो पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ।

चैत्र ४ गते बेल्जियममा रहेका आमालाई भेटेर साढे दुई महिनापछि कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। युवतीको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

नेपालको पाँचौं संक्रमितको रुपमा रहेकी युवतीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले धौलागिरी अञ्चल अस्पतालले दोस्रो पटक स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो। युवतीको पुनः स्वाब परीक्षणमा पठाइएकोमा शुक्रबार पोजेटिभ रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। युवतीको फेरी केहि दिनमा पुनः स्वाब परिक्षणका लागि पठाइने उनले बताए।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संक्रमितको तीन पटकसम्म कोरोना परिक्षण गर्नुपर्ने हुन्छ। छैठौं कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीया महिलालाई पनि धौलागिरी अञ्चल अस्पतालकै आइसवलेसनमा भर्ना गरेर उपचार थालिएको छ। कतार एयरवेजको क्यूआर ६५२ नम्बरको बिमानबाट नेपाल आएका काठमाडौंका किशोरीलाइै संक्रमण पुष्टि भएपछि सोही विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका चार जना रहेको पाइएको थियो। जस मध्ये परीक्षणका क्रममा बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवती र बिहिवार मात्र बानपा ३ कि ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। अन्य दुई युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.