टियु क्रिकेट रंगशालामा इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट

टियु क्रिकेट रंगशालामा इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट
सुन्नुहोस्

काठमाडौं : कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावासले असार १२ देखि १४ गतेसम्म दोस्रो संस्करणको टुर्नामेन्ट आयोजना गरेको हो।

प्रतियोगितामा भारतीय राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित कूटनीतिक समुदाय, नेपाली सञ्चारमाध्यम, पूर्व नेपाली क्रिकेट खेलाडी, नेपाल सरकारका अधिकारी, कर्पोरेट क्षेत्र तथा नेपालमा रहेका भारतीय प्रवासी (आईसीएएन) को प्रतिनिधित्व गर्ने आठ टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगिताको उद्घाटन असार १२ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी तथा अन्य वरिष्ठ कूटनीतिक प्रतिनिधिहरूको उपस्थितिमा भएको थियो।

तीन दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा भारतीय राजदूतावास र आईसीएएनबीच प्रतिस्पर्धा भएको थियो। असार १४ गते सम्पन्न फाइनलपछि भारतीय राजदूत नवीन श्रीवास्तव र आयोजक साझेदारका प्रतिनिधिहरूले विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरेका थिए। 

null

प्रतियोगिताको सफल समापनको अवसरमा असार १५ गते एक विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भारतीय राजदूतसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सो अवसरमा राजदूत श्रीवास्तवले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नेपाल क्रिकेट संघ (क्यान) र अन्य आयोजक साझेदारप्रति आभार व्यक्त गरेका थिए।

त्यसै अवसरमा उनले तीन जना आशालाग्दा नेपाली यू-१९ महिला क्रिकेट खेलाडी सना प्रवीण, कृष्मा गुरुङ र सावित्री धामीलाई व्यावसायिक स्तरका क्रिकेट किट प्रदान गर्दै आगामी वर्ष हुने आइसीसी यु-१९ महिला टी-२० विश्वकपका लागि शुभकामना दिएका थिए।

भारतीय राजदूतावासका अनुसार प्रतियोगिताले खेलकुदमार्फत नेपाल-भारतबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली युवा खेल प्रतिभाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यलाई अघि बढाएको छ। 

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.