आइसोलेसनमा उपचार गराइरहेका दुई युवकमा कोरोना नभएको पुष्टि

आइसोलेसनमा उपचार गराइरहेका दुई युवकमा कोरोना नभएको पुष्टि

वीरगन्ज : कोरोना संक्रमण भएको आशंकमा वीरगन्जको नारायणी अस्पतालको इसोलेसन वार्डमा राखेर उपचार भइरहेका ५ मध्ये २ जनामा भने कोरोना नभएको पुष्टि भएको छ।

सोलेसन गत मङगलबार साँझदेखि राखिएका पर्साको ठोरीका दुई युवकमा कोरोना संक्रमण नभएको शुक्रबार साँझ पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिएका हुन्।

 दुवै युवकको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालाबाट शुक्रबार साँझ आएको रिपोर्ट नेगेटिभ रहेको मेसु उपाध्यायले जानकारी दिए।

मङगलबार ठोरी २ का एक युवकमा लगातार उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या देखिएपछि उनी र उनीसँगंग हेलमेलमा रहेका नातेदार अर्का युवक दुवै जनालाई कोरोना संक्रमणको आशंकामा मङगलबार नै साँझ वीरगन्जमा ल्याएर नाराणयी अस्पतालको आइसोलेसनमा राखिएको थियो। 

भारतको नयाँ दिल्लीमा मजदुरी गर्दै आइरहेका ती युवक गत चैत ६ गते नेपाल आएका थिए।  रिपोर्ट नेगेटिभ आएपनि दुवै युवकको घाँटीमा केही समस्या रहेकाले उपचार चलिरहेको भन्दै मेसु उपाध्यायले भने, ‘रिपोर्ट नेगेटिभ आएपनि १४ दिनसम्म आइसोलेसन वार्डमा राख्नै पर्छ, १४ दिन पुगेपछि मात्रै डिस्चार्ज गर्छौ।’ 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.