चियामा संकटको घन्टी

चियामा संकटको घन्टी

इलाम : गत वर्ष सुरु भएको सूर्योदय नगरपालिका ११ ओएसीस चिया कारखाना अहिले बन्द छ। चियाको मुना लहलह भए पनि विश्वभरि नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)का कारण इलाम, झापा लगायत १४ जिल्लामा फैलिएका चियाका साना ठूला कारखाना पूरै बन्द छन्।

तेस्रो मुलुककमा व्यपारी नै प्रशोधित चियाको बजार पर्ख र हेरको अवस्थामा देखिएपछि कारखाना खोल्ने अवस्था नबनेको ओएसिस चिया कारखानाका प्रोपाइटर ज्योति अधिकारीले बताए।

गत वर्ष १ हजार ३ सय किलो चिया फ्रान्स पठाएका उनले यसपटक व्यपारीको सम्पर्कमा पुग्नसमेत समस्या भएको बताउँछन्। उनले भने, ‘व्यपारीहरू इमेलको जवाफ पनि नलेखी बसेका छन्, यस्तो अवस्थामा कसरी चिया खरिद गर्ने।’ गत वर्षकै चिया बिक्री नभएको अवस्थामा नयाँ चिया खरिद गर्ने नरहेको अधिकारीले बताए। ‘कारखानासँग सञ्चालन पुँजीकै अभाव छ, चिया बिक्ने सम्भावना छैन यस वर्ष’, अधिकारीले बताए।

नेपालको ९० प्रतिशत चिया बिक्री हुने भारतमा चियाका सटर पहिले नै बन्द भइसकेका छन्। गत वर्ष मात्रै नेपालले भारतलाई १ करोड ४५ लाख ४५ हजार २०५ किलो प्रशोधित चिया बिक्री भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। जसबाट नेपालले २ अर्ब ८८ करोड ११ लाख ८० हजार रुपैयाँ भित्राएको थियो। यो बाटो यस वर्ष बन्द हुने अवस्थामा रहेको व्यवसायी अधिकारीको आँकलन छ।

उनले भने फस्ट फ्लसको चिया टिप्न पाइएला जस्तो छैन। यसले वर्षभरीको चियाको गुणस्तरमा प्रभाव पार्छ। यही सिजनको चियाले तेस्रो मुलुकका चिया पारखीलाई अकर्षित गर्ने गरेको अर्का चिया उद्यमी गोर्खा टी स्टेटका प्रोपाइटर उदय चापागाईं बताउँछन्। नेपालको चिया अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, जर्मनी, जापान, यूएई, अमेरिकालगायत ३० देशमा बिक्री हुने गरेको बोर्डको तथ्यांक छ। गत वर्ष नेपालले ती देशमा ४ लाख ९८ हजार ५९६ किलो बिक्री भएको थियो। यस वर्ष तेस्रो मुलुकमा चिया पठाउने अवस्था नरहेको चापागाईंले बताए। चापागाईं कोरोनाको संक्रमणसँगै तेस्रो मुलुकका चिया खरिदकर्ता तर्किन थालेको बताउँछन्।

उनले भने, ‘चिया बिक्री भएन भने बैंकको कर्जासहितका व्ययभारले चिया उद्यमी र किसानलाई डुबाउने अवस्था आउने संकेत देखिन्छ।’ कारखाना र चिया बगान बन्द हुँदा नेपालभरका २९ हजारभन्दा बढी चियामा आस्रित मानिस प्रभावित भएको अधिकारीको दाबी छ।

कारखाना बन्द हुँदा १४ जिल्लाका ९ हजार एक सय २७ कृषक र १०८ टी स्टेट प्रभावित भएको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालले बताए। सूर्योदय टी प्राड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल प्रशोधित चिया बिक्री भएन भने किसानको पैसा तिर्ने समस्याले कारखाना खुल्ने अवस्था छैन। कारखानामा स्वास्थ्य र शुरक्षाको चुनौतीसमेत गम्भिर रहेकाले सजिलै कारखाना खोल्ने सम्भावना नरहेको उनले बताए। पर्याप्त शुरक्षा बिना कारखाना खोल्नु थप हानिकारक हुने उद्यमीको भनाइ छ।

अहिले पनि इलामका चिया कारखानामा पोहोरको चिया एक लाख किलोभन्दा माथि बिक्री हुन बाँकी छ। उनी भन्छन्, ‘कोरोनाको प्रभाव लामो भयो भने किसान र उद्यमीको अवस्था तहसनहस हुन्छ।’

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई संकटमा गुज्रन थालेको बताए। अरु क्षेत्रभन्दा बढी तहसनहस भएको उनले बताए। उद्यमी अधिकारी सरकारले बैंक व्याजमा छुट, अनुदान र प्रोत्साहनका कार्यक्रममार्फत चिया क्षेत्रलाई जोगाउने बाटोमा काम गर्नुपर्ने बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.