३६ घण्टामै २० बेडको आइसोलेसन वार्ड

३६ घण्टामै २० बेडको आइसोलेसन वार्ड

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकको आग्रहमा दाताले ३६ घण्टामा २० शैय्याको  आइसोलेसन वार्ड बनाएका छन्। 

जगदम्बा ग्रुप, रुङगटा वेयल फेयर सोसाइटी र लायन्स क्लब वीरगन्जले, अस्पतालले आग्रह गरेको ३६ घण्टा भित्रै २० शैय्याको आइसोलेसन वार्ड बनाएका हुन्। 

शनिबार बिहान जगदम्बा ग्रुपका सन्चालक राजेश अग्रवाल, रुङगटा वेयल फेयर सोसाइटीका सुरेश रुंगटा र लायन्स क्लब वीरगन्जका पूर्वनिर्देशक सन्जय खेतानको उपस्थितीमा सांसद प्रदिप यादवले नवनिर्मित आइसोलेसन वार्ड अस्पतालका मेसु डाक्टर  मदन उपाध्यायलाई हस्तान्तरण गरे।

नयाँ बनाइएको आइसोलेसन वार्डमा २० वटा बेड राखिएको छ। हरेक वार्डमा खानेपानीको प्रबन्ध गरिएको छ। 

‘पीसीआर मेसिन जडान नभए धर्ना बस्छु’
आइसोलेसन वार्ड हस्तान्तरण कार्यक्रममा सांसद यादवले ४ जिल्लाका बिरामीको उपचार गर्दै आएको नारायणी अस्पताल संघ र प्रदेश दुवै सरकारको विभेदमा परेको गुनासो गरे। 

उनले नारायणी अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिनसहितको प्रयोगशाला सरकारले तत्काल स्थापना नगरे आफू अस्पतालमै धर्नामा बस्ने चेतावनी पनि दिए। 

‘यदि तत्कालै यो काम भएन भने म अस्पतालमै धर्ना बस्छु’, उनले भने, ‘जसरी पनि काम गराएरै छोड्छु। आवश्यक परयो भने अनशनमा पनि बस्छु।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.