बैतडीमा कोरोना कहर : भारतबाट फर्केकाको खोजी तीव्र, घाटमा खटाइयो सशस्त्र प्रहरी

बैतडीमा कोरोना कहर : भारतबाट फर्केकाको खोजी तीव्र, घाटमा खटाइयो सशस्त्र प्रहरी

बैतडी : भारतबाट फर्केका नागरिकमा कोरोनाको संक्रमण पाइएपछि बैतडीमा पनि नागरिकको खोजी सुरु भएको छ । कैलालीका २१ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको र उनी गौरीफन्टा नाका हुँदै नेपाल आएकाले उनीसँगै आएका बैतडीबासीको पनि खोजी सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

ती युवकसँग बैतडीका पनि ८५ जना फर्केकाले उनीहरुको खोजी कार्य सुरु गरिएको हो । भारतबाट फर्केका ती नागरिकहरु कहाँ छन् भनेर खोजिन सुरु गरिएको भट्टले बताए । उनले भने, 'कैलालीका युवकसँग फर्केका बैतडीबासीको सूची तयार पारेर सम्बन्धित स्थानीय तहमा भनिसकेका छौं । प्रहरीसहितको सहयोगमा भारतबाट फर्केका नागरिकको खोजी सुरु गरेका छौं।'

ती युवकसँग बैतडीको दशरथचन्द नगरपालिकाका ११, दोगडाकेदार गाउँपालिकाका २३, सुर्नया गाउँपालिकाका ३२, सिगास गाउँपालिकाका १२, पाटन नगरपालिकाका २ र मेलौली नगरपालिकाका ५ जना स्वदेश फर्केका खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती नागरिकको खोजीका लागि स्वास्थ्यकर्मीसँगै प्रहरीले पनि पहल थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । 

भारतबाट फर्केका ती नागरिकको खोजी गरी क्वारेन्टाइनमा बसे नबसेका पत्ता लगाउने र नबसेकालाई क्वारेन्टाइनमा बस्न लगाउने गरी काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । 

चैत ११ गते अघि झुलाघाट नाकाबाट मात्रै २ हजार ४०५ जना नेपाल भित्रिएका स्वास्थ्य कार्यालयसँग तथ्यांक छ भने अन्य नाकाबाट भित्रिएकाको तथ्यांक छैन् । यस्तै चैत ११ गतेपछि हालसम्म विभिन्न घाटबाट ६७४ जना बैतडी भित्रिएका प्रहरीको तथ्यांक छ । जबकी अहिलेसम्म क्वारेन्टाइनमा ४४३ जना मात्रै बसिरहेका छन् । यो तथ्यांक अनुसार पछिल्लो समयमा भित्रिएका सबै नागरिकका क्वारेन्टाइन नबसेको प्रष्ट हुन्छ । 

भारतबाट भित्रिएकाहरुका कारण कोरोनाको जोखिम भएकाले भारतबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । 

पाँच ठाउँमा सशस्त्र प्रहरी परिचालन 

सुदूरपश्चिममा कोरोना भाइरसका संक्रमित फेला परेपछि ट्युबमार्फत महाकाली तरेर नेपाल फर्किरहेकालाई रोक्न बैतडीमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोना नियन्त्रण जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले ५ ठाउँमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । उनले भने, 'यो समय सबैले सुरक्षित भएर बस्ने समय हो । हामीले सबैलाई जुन ठाउँमा छौं । त्यही ठाउँमा सुरक्षित बसौं भनिरहेका छौं।'

दशरथचन्द नगरपालिकाको बाराकोट र सेरा, शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट र हल्दुविनायक घाटमा सशस्त्र प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

तर सीमामा रहेका नेपालीहरुले भने विपद्को समयमा आफूहरुले स्वदेश फर्कन पाउनुपर्ने बताएका छन् । आफूहरु क्वारेन्टाइनमा बस्न तयार भएको तर सरकारले आफूहरुका विषयमा चासो नलिएको उनीहरुको आरोप छ।

भारतीय भूमीमा आफूहरुलाई निकै समस्या भएको सीमामा रहेका नेपालीहरुले बताएका छन् । 'हामी यहाँ भोकभोकै बस्नु परिरहेको छ । हामी आफ्नो देशमा फर्किन चहान्छौं । तर सरकारले हामीलाई विदेश भूमीमै अलपत्र पारेको छ ,'झुलाघाट नाकामा अलपत्र परेका पुर्चौंडीका केशव पाठकले भने, 'सरकार छ भने हामी पनि त्यही देशका नागरिक हौं । हामीलाई उद्धार गरेर सुरक्षित क्वारेन्टाइनमा राखियोस्।'

खाद्यान्न पसल पनि ४ घण्टा मात्रै खुल्ने 

बैतडीमा लकडाउनलाई अझै कडाई बनाएको छ।।कोरोना नियन्त्रण जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले खाद्यान्नका पसल पनि बिहान ७ देखि ९ बजे र साँझ ४ बजेदेखि ६ बजे सम्म मात्रै खुला गर्ने निर्णय गरेको छ । 

लकडाउनको समयमा समेत अनावश्यक हिँडडुल गरेको पाइएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

खाद्यान्न, तरकारी, फलफूल लगायत अत्यावश्यक सामग्रीका पसलहरु दिनमा बिहान र बेलुका गरेर दुईपटक मात्रै खोल्न दिइने उनले बताए  । यो निर्णय आइतबारदेखि नै लागू भएको र यसलाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए । उनले भने, 'कोरोनाबाट बच्ने एक उपाय भीडभाड नगर्नु हो । त्यसैले महामारी हुन नदिन हामी सबै नागरिक सचेत बन्नुपर्छ । भारतबाट फर्केकाहरुले पनि क्वारेन्टाइनमा बसेर महामारी नियन्त्रणमा सहयोग गर्नुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.