अछामको आइसोलेसन वार्डमा राखिएका ५ जनाको रिर्पोट 'नेगेटिभ '
अछाम : अछाममा आइसोलेसन वार्डमा राखिएका ५ जनाको कोरोना रिपार्ट 'नेगेटिभ' आएको बयालपाटा अस्पतालले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९)को लक्षणसँग मिल्लोजुल्दो लक्षण देखिएपछि शंकास्पद ५ जनालाई बयालपाटा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
५ जनाकै स्वाब परीक्षणको लागि बयालपाटा अस्पतालले धनगढी पठाएको थियो ।उनीहरु सबैको रिपोर्ट नेगिटिभ भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले पुष्टि गरेको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए ।
गत बिहीबार स्वाब एम्बलेन्समार्फत धनगढी पठाइएको थियो ।जिल्ला बाहिरबाट आएका उनीहरुमा ज्वरो र खोकी देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !