अमेरिकामा कोरोना प्रभावित नेपालीका बारेमा कांग्रेस महामन्त्री कोइरालाको चासो

अमेरिकामा कोरोना प्रभावित नेपालीका बारेमा कांग्रेस महामन्त्री कोइरालाको चासो

अमेरिका : कोरोना भाइरसका कारण नयाँ इपिसेन्टर बनेको अमेरिका र अमेरिकामा रहेका गैरआवासीय नेपालीका बारेमा कांग्रेस महामन्त्री शशाक कोइरालाले चासो व्यक्त गरेका छन् । अमेरिकामा नेपाली समुदायका सदस्यको मृत्युसमेत भएको र संक्रमितको संख्याका बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

महामन्त्री कोइरालाले अमेरिकामा रहेका कांग्रेस नेताहरू नेबिसंघका पूर्व महामन्त्री डाक्टर यादव पण्डित, नेविसंघका पूर्व केन्द्रीय सदस्य डाक्टर केशव पौडेल, महासमिति सदस्यहरू हरिबोल भण्डारी, विष्णु सुवेदी, महाधिवेशन प्रतिनिधिहरू प्रमोद सिटौला, हेमराज भट्ट, माया कडायत, तरुण दलका उपसभापति अनन्त सुवेदी, नेबिसंघ अमेरिका अध्यक्ष प्रभात सापकोटा, जनसम्पर्क समितिका नेता विश्वराज बास्तोला लगायत जनसम्पर्क समितिका च्याप्टर सभापतिहरू सहभागी कन्फ्रेन्स कलमा अमेरिका लगायत विश्वभर छरिएर रहेका नेपालीका बारेमा जानकारी लिएका थिए । 

कन्फ्रेन्स बैठकमा सहभागीले न्यूयोर्क लगायत अमेरिकाको विभिन्न राज्यहरूको अवस्था र हालसम्म दिवंगत भएका नेपालीका बारेमा जानकारी गराएका थिए । फोन बैठकका क्रममा नेता कोइरालाले विश्वभर छरिरहेका नेपालीहरू प्रभावित भएको लगायत नेपालको अवस्थाका बारेमा प्रधानमन्त्री केपी शर्मालाई भेटेर भोलि नै अवगत गराउने प्रतिवद्धता व्यक्त गरेको जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदीले जानकारी दिए । 

कन्फ्रेन्सका क्रममा महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालेसमेत चासो र चिन्ता व्यक्त गरेको अवगत गराएका थिए । छलफलका क्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अमेरिकाको न्यूयोर्क लगायतका विभिन्न देशमा दिवंगत भएका र प्रभावित भएका नेपालीको बारेमा चासो, चिन्ता र दुख व्यक्त गर्दै सुरक्षित रहन आग्रह गरेको पूर्व संयोजक सुवेदीले जानकारी गराए । 

सुवेदीका अनुसार कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत केन्द्रीय नेताले अमेरिकामा रहेका नेपालीलाई सहयोग गर्न तथा सुरक्षितरूपमा घरमै रहन आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.