कोरोना नियन्त्रणमा खटिएका कर्मचारीको मृत्यु भए १० लाख क्षतिपूर्ती

कोरोना नियन्त्रणमा खटिएका कर्मचारीको मृत्यु भए १० लाख क्षतिपूर्ती

बैतडी : बैतडीको पाटन नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको ज्यान गएमा उनका आश्रित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ ।
 
नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन यो निर्णय गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताए । उनले भने, 'यो संकटको घडीमा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा १० लाख क्षतिपूर्ती दिने निर्णय गरेका छौं ।'

यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा २० लाख बजेट विनियोजन गर्ने निर्णय समेत भएको उनले बताए । उनले भने, 'हामी नगरकार्यपालिकाबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक औषधि र पीपीई पनि खरीद गर्ने निर्णय समेत गरेका छौं ।'

यस्तै नगरकार्यपालिकाको बैठकले राहत सामग्री वितरण समबन्धि कार्यविधि २०७६ पारित गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।यस्तै बैठकले नगरपालिकाका १० वटै वडामा रहेका दैनिक मजदुरी गरेर छाक टार्ने नागरिकको तथ्यांक संकलन गरेर खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको छ।

यस्तै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई ६० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय समेत पाटन नगरपालिकाले गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.