ट्युबमा महाकाली तरेर आएका भन्छन् : परदेशको पीडा स्वदेशको क्वारेन्टाइनले मेटायो

ट्युबमा महाकाली तरेर आएका भन्छन् : परदेशको पीडा स्वदेशको क्वारेन्टाइनले मेटायो

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ८ ढोलेका वीरबहादुर बोहरा भारतीय क्वारेन्टाइनमा बस्न नसक्दा जोखिम मोलेर गएको साता ट्युबमार्फत महाकाली तरेर नेपाल भित्रिए । नेपाल भित्रिने बित्तिकै सुर्नया गाउँपालिकाले गाडीको बन्दोबस्ती गरेर उनीसहित चार जनालाई गाउँमै बनाएको क्वारेन्टाइनमा पुर्‍यायो । भूमीराज आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेको बोहरालाई क्वारेन्टाइनमा एक हप्ता बितेको पत्तै भएन । उनले भने, ‘भारतको क्वारेन्टाइनभन्दा त हामीलाई धेरै राम्रो भएको छ । एक विद्यालयमा हामी अलग अलग बेडमा बस्न पाएका छौं । दुई पटक खाना र दुई पटक नास्ताको व्यवस्था गरिएको छ ।’

सुर्नया गाउँपालिका ८ ढोलेस्थित भूमीराज आधारभूत विद्यालयमा अहिले २४ जना क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा नियमित स्वास्थ्यकर्मीले ज्वरो चेकजाँच गर्ने गरेको अर्का स्थानीय हिमाल बोहराले बताए । उनले भने, ‘भारतको क्वारेन्टाइनमा केही सुविधा नहुँदा हामी ट्युबमार्फत स्वदेश फर्केका हौं । गाउँको क्वारेन्टाइनमा बस्न हामीलाई केही अप्ठ्यारो छैन् ।’

जिल्लाको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीका नरबहादुर बोहरा पनि गएको साता ट्युबमार्फत महाकाली तरेर स्वदेश फर्किए । उनी अहिले गाउँकै एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका छन् । उनीसंगै अरु ८ जना पनि क्वारेन्टाइनमै छन् । उनले भने, ‘भारतमा भोगेको पीडा गाउँको क्वारेन्टाइनले बिर्साएको छ । भारतमा हामी तीन दिन भोकै बसेका हौं । यता दिनको दुई पटक खाना,नास्ता र सरसफाईको सामग्रीको व्यवस्था छ । कोठामा अलग अलग बेड छन् । उताको भन्दा धेरै सजिलो भएको छ ।’

क्वारेन्टाइनमा बसेकाको दैनिक स्वास्थ्य परीक्षण गर्ने गरिएको मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए । उनले भने, ‘क्वारेन्टाइनमा बसेका नागरिकको हामीले दैनिक स्वास्थ्य परीक्षण गर्ने गरेका छौं । उहाँहरू सबैको स्वास्थ्य अवस्था ठीक छ ।’

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कुलाउ मावि क्वारेन्टाइनमा पनि भारतबाट फर्केका नागरिक बसेका छन् । त्यो क्वारेन्टाइनमा महिलाका लागि समेत अलग बस्ने व्यवस्था मिलाएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइन् । उनले भनिन्, ‘अहिले कुलाउ माविका सुर्खेत घर भएका र भारतमा काम गरेर फर्केका नागरिक बसिरहेका छन् । क्वारेन्टाइनमा दुई जना महिला र दुई बालबालिका पनि छन् । उनीहरूको हामीले अलग बस्ने व्यवस्था मिलाएका छौं ।’

जिल्लाभरीका स्थानीय तहमा बनाएका क्वारेन्टाइनमा हालसम्म ५ सय बढी नागरिक बसेका छन् । उनीहरु धेरै जसो भारतबाट फर्केका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 'क्वारेन्टाइनमा बसेका नागरिक सामाजिक दुरी कायम गरेर बसेका छन् । हामीले पनि धेरै ठाउँमा अनुगमन गर्दा क्वारेन्टाइनका न्यूनतम मापदण्ड पूरा गरिएका पाइएको छ’,भट्टले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.