सेनाको रगतले जोगियो सुत्केरीको ज्यान

सेनाको रगतले जोगियो सुत्केरीको ज्यान

बैतडी  : नेपाली सेनाका एक जवानको रगतले बैतडीमा एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए । 

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुमानध्वज गुल्मका जवान विवेक नेपालीले दिएको रगतले उनको ज्यान जोगिएको हो।

सेनाका जवान नेपालीले १ पोका अर्थात ४०० मिलीलिटर रगत दिएको डाक्टर जोशीले बताए । 'चैत २४ गते अप्रेशनमार्फत बच्चा जन्माएकी राजुको शरीरमा मंगलबार राती रगतको कमीले बेहोस भएपछि सेनालाई गुहारेका थियौ,' डाक्टर जोशीले भने, 'सेनाले दिएको रगतले सुत्केरीको ज्यान जोगाउन सफल भएका छौं। अहिले उनको अवस्था समान्य छ ।'

'हामीले रक्तदानका लागि सामाजिक सञ्जालमार्फत आग्रह गरेका थियौं । तर लकडाउनका कारण अरुको सम्भावना भएन्। नेपाली सेनाका जवानले रक्तदान गर्दा सुत्केरीको ज्यान जोगियो, 'डाक्टर जोशीले भने, 'अन्य समयमा पनि रक्तदान गर्नेमा सेना र प्रहरीकै योगदान बढी छ ।'
 
अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । बैतडीका रक्तरञ्चार केन्द्र(ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना, प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.