सुख्खा बन्दरगाहमा २२ सय कन्टेनर रोकिए

सुख्खा बन्दरगाहमा २२ सय कन्टेनर रोकिए

वीरगन्ज : वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा भारत तथा तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका मालसामानका २ हजार भन्दा बढी कन्टेनर रोकिएका छन् ।  सिर्सिया सुख्खा बन्दरगाहमा बुधबारसम्म २ हजार २ सय भन्दा बढी कन्टेनर रोकिएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।
 
श्रेष्ठका अनुसार बन्दरगाह परिसरमा थन्किएका कन्टेनरमा खाद्यान्न र खाद्य उद्योगका कच्चा पदार्थ ( दाल , केराउ , मकै , तोरी , भटमास , पशु र कुखुराका दाना) रहेका छन् । भारत तथा तेश्रो मुलुकबाट भारतीय रेलमार्गहुँदै ल्याइएका कन्टेनर स्थानीय प्रशासन र प्रहरीको असहयोगका कारण बन्दरगाहबाट जाँचपास हुन नसकेका कारण रोकिएको भन्सार प्रमुख श्रेष्ठले बताए ।

लकडाउनमा मालवाहक गाडीको आवागमनमा कुनै असर नपर्ने सरकारले भनेको छ । तर, बन्दरगाहमा आइपुगेका मालसामानका कन्टेनर गन्तव्यमा पठाउन अवरोध भइरहेका कारण २ हजार २ सय भन्दा बढी कन्टेनर थुप्रिएको श्रेष्ठले बताए । 

कन्टेनर बोकेर गन्तव्यमा हिँडेका गाडीलाई ठाउँ ठाउँमा प्रहरीले रोकेर अवरोध गर्दै आएका कारण चालक कन्टेनर लिन बन्दरगाहमा आउनै नमानेको श्रेष्ठले बताए । 'लकडाउनमा काठमाडौंका कन्टेनर पठाउनै सकिएको छैन, श्रेष्ठले भने, 'अहिले पर्सा बारालगायत नजिकका मात्रै कन्टेनर जाँचपास भएर गइरहेका छन् अन्य टाढाका कन्टेनर पठाउनै सकिएको छैन।'

'बाटोमा ठाउँ ठाउँमा कन्टेनरका गाडी रोकेर प्रहरीले लकडाउनमा अत्यावश्यक बाहेकका मालवस्तुको गाडी चलाउन नपाइने भन्दै चालकलाइ गन्तव्यमा पुग्न अवरोध गरेका छन्, श्रेष्ठले भने, 'त्यहि भएर गाडी लिएर चालक बन्दरगाह आउनै मानेका छैनन्।'

लकडाउनमा घर गएका चालक पनि नआएका कारण ढुवानीका लागि गाडी अभाव भएको उनले बताए । यसका साथै मालसामान लोड अनलोड गर्ने मजदुर, आयाकर्ता र एजेन्टलाइ पनि प्रहरीले बाटोमा रोकेर अवरोध पुरयाइरहेकाले उनीहरु पनि बन्दरगाहसम्म सहज रुपमा आउन नसकेको अवस्था रहेको श्रेष्ठले बताए ।

भारत तथा तेश्रो मुलुकबाट रेलमार्गहुँदै मालसामान साबिककै परिमाणमा आइरहेको भएपनि बन्दरगाह भन्सारबाट जाँचपास हुन नसकेका कारण कन्टेनरहरु थुप्रिइरहेको श्रेष्ठले बताए । लकडाउनभन्दा पहिलेका दिनमा दैनिक ३ देखि ४ सय कन्टेनर बन्दरगाहबाट जाँचपास हुने गरेको पनि जानकारी उनले गराए ।  दिनहुँ कन्टेनर थुप्रिदै गएका कारण अब भारतबाट रेलले बोकर ल्याउने कन्टेनरहरु राख्ने ठाउँको पनि अभाव हुन थालेको उनले बताए।

लकडाउनमा राजश्व संकलन आधा मात्रै 

कन्टेनर जाँचपास नभइ थुप्रिएका कारण भन्सारको राजश्व असुलीमा पनि गिरावट आएको श्रेष्ठले जानकारी दिए ।भन्सार विभागले चैत महिनमा ३ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य दिएको छ । तर, सुख्खा बन्दरगाह भन्सार कार्यालयले चैत २५ सम्म लक्ष्यको ५४ प्रतिशत मात्र अर्थात १ अर्ब ७२ करोड रुपैयाँमा मात्र राजश्व संकलन गर्न सकेको उनले बताए ।

श्रेष्ठका अनुसार, लकडाउन भन्दा पहिले फागुन महिनामा सुख्खा बन्दरगहा भन्सार कार्यालयले लक्ष्य भन्दा ६ प्रतिशत बढि नै अर्थात ३ अर्ब ५५ करोड रुपैयाँ राजश्व उठाएको थियो । 

कच्चा पदार्थ नहुँदा खाद्यान्न उद्योग बन्द हुने अवस्थामा 

बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका खाद्यान्न उद्योगी अहिले जेनतेन गरी चलिरहको भएपनि कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुग्न थालेका छन् ।  नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताका अनुसार, पर्सा बारा औद्योगिक कोरिडोरममा २ सय ५० खाद्यान्न उद्योग छन् । ती मध्ये अहिले ५० उद्योग मात्र चलिररहेका छन्,गुप्ताले भने, 'ती पनि कच्चा पदार्थ र मजदुरको अभावमा क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन्।'
 
कच्चा पदार्थको आयात सहज नहुने भने अहिले चलेका खाद्यान्न उद्योगहरु पनि अबको १०÷१५ दिन भित्र बन्द हुने निश्चित रहेको गुप्ताले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले भने, 'लकडाउनमा सरकारले एउटा निर्णय गर्छ तर सडकमा खटिएका प्रहरीले आफ्नै कानुन चलाइरहेका छन् जसका कारण ढुवानीमा अवरोध भइरहेको हो।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.