क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरिँदै
बझाङ : बझाङ जिल्लाका ३१ स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको कोरोना संङ्क्रमण भए नभएको पता लगाउन स्वाब संकलन गरिन थालेको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संङ्क्रमणको चेकजाँचका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले चेकजाँच सुरु गरेको हो।
प्राविधिक स्वास्थ्यकर्मीहरुले बुधबारबाट जिल्लाको जयपृथ्वी नगरपालीका, सुर्मा, दुर्गाथली, खप्तडछान्ना र तलकोट गाउँपालिकामा स्वाब संकलन गरिएको स्वास्थ्यकर्मी नारायण जोशीले बताए। उनका अनुसार क्वारेनटाइनमा रहेका व्यक्तिmहरुको स्वास्थ्य परिक्षण तथा स्वाब संङ्कलन गरि धनगडि पठाउँने काम भैरहेको समेत जोशीले बताए।
उनका अनुसार विभिन्न ठाउँमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले २३ जनाको स्वाब संङ्कलन गरि सकेको छ। जिल्लाका ३१ ओटा स्थानमा रहेका क्वारेन्टाइन स्थलमा महिला ९, बालबालिका ५, पुरुष ३१० गरि ३ सय २४ जना अन्य जिल्ला तथा विदेशबाट आएका व्यक्तिहरु रहेका छन्। जिल्ला अस्पताल सिमखेतका डा. सन्दिप ओखेडाले भने 'क्वारेन्टाइनमा राखेका सबै ३२४ जनाकै स्वाब परिक्षण गरेर मात्र घर पठाउने माथिल्लो निकायले जानकारी गराएकाले त्यहि अनुसार सबैको स्वाब परिक्षण गरिने बताए। उनले यसका लागि आवश्यक किटको अभाव भएकाले पनि परिक्षणमा ढिलाइ भएको बताए।
कम्तिमा २ हप्ता राख्ने सरकारले जानकारी दिएको हुदा क्वारेन्टाइनमा बसेकाहरुको छिटो छरितो स्वास्थ्य परिक्षण गरेर घर फिर्ता गर्नु पर्ने कि थप उपचारका लागि सम्बन्धित ठाउँमा पठाउनु पर्ने क्वारेन्टाइनमा बस्दै आएका निलगगन रोशन सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !