जात्रा मनाएपछि जनप्रतिनिधि प्रहरीको नियन्त्रणमा

जात्रा मनाएपछि जनप्रतिनिधि प्रहरीको नियन्त्रणमा

बझाङ : कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाम गर्न मुलुकमा लकडाउन भइरहेको बेला बझाङको छविसपाथिभेरा गाउँपालिकाको कडेलमा चैतलीमेला सञ्चालन गरेको भन्दै जनप्रतिनिधिसहित मेला आयोजकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पटकपटक जिल्लाभरी सार्वजनिक समारोह साथै मान्छेहरुको भिडभाड तथा जमघट नगर्ने नगराउने भनेर परिपत्र हुँदा समेत चैतलीमेलामा हजारौं मान्छे भेला भएर जात्रा मनाएपछि लकडाउन उल्लंघन गरेको भन्दै जिल्ला प्रशासनको निर्देशनमा त्यहाका अगुवाहरुलाई नियन्त्रणमा लिएको हो। 


बुधबार विशौना प्रहरी चौकिसहित जिल्लाबाट गएको प्रहरी टोलीले जात्रा सञ्चालनमा भूमिका निर्वाह गर्ने त्यहाँका अगुवा व्यक्तिहरु गाउँपालिकाक प्रवक्ता लोकेन्द्र ठगुन्नासहित वडाध्यक्ष विकास ऐडी, केशवराज जोशी र अम्मराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै मेला व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, कृतराज जोशीसहित मष्टा मन्दिरका पुजारीहरु डम्मर धामी, र इन्द्रधामीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

जिल्लाको प्रसिद्ध ऐतिहासिक धार्मिक मेला गएको सोमबार सञ्चालन गरेको थियो। परम्परागतदेखि चैते पुर्णिमाको समयमा लाग्ने यो मेला देशमा लकडाउन भएका बेला गर्न नगराउन प्रशासनले परिपत्र गरे पनी अगुवा र जनप्रतिनिधिहरुले लकडाउनको बेवास्था गर्दै पुरानो रिति चलाउने नाममा मान्छे भिडभाड गरेर जात्र मनाएपछि चौतर्फी आलोचना भएको थियो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना भाइरसका कारण मुलुक सशंकित र त्रसित भइरहेकाबेला सरकारले लकडाउन गरेर मान्छेको भिडभाड नगर्नु भने पनि मेला सञ्चालन गरेकाले नियन्त्रणमा बताए। उनले भने 'हामीले पटकपटक मौखिक तथा लिखित जानकारी गर्दासमेत देवी देवताको पुजाको नाममा थुप्रै मान्छेहरु जमघट भइ जनप्रतिनिधिहरुले यस्तो कार्यमा रोक नलगाएकाले अगुवा तथा नेताहरुलाई पक्राउ गरेका हौ।'

प्रहरी हिरासतमा रहेका छविसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडिले जात्रा मनाउने आफुहरुको पनि मनसाय नभएको तर स्थानीयहरुले जवरजस्ती मन्दिरमा आएर पुजाआजा साथै काँकर र भकुण्डो खेलेको बताए। विशेष गरी काँकर खेलाउने र भकुण्डो खेल्ने सामुहिक खेल यो जात्राको मुख्य आकर्षण हो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.