सांसद यादवसहित ४ जनालाई होम क्‍वारेन्टाइनमा बस्‍न प्रशासनको आग्रह

सांसद यादवसहित ४ जनालाई होम  क्‍वारेन्टाइनमा बस्‍न प्रशासनको आग्रह

वीरगन्ज : जिल्ला प्रशासन कार्यालयल पर्साले पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई होम क्वारेन्टटाइनमा बस्न आग्रह गरेको छ ।  वीरगन्ज्को सीमावर्ती सहर रक्सौलको क्वारेन्टाइनमा राखिएका नेपालीलाई बुधबार भेटेर फर्किएका सांसद यादव र उनीसँगै गएर आएका अरु ३ जना गरी ४ जनालाई आफ्नै घरभित्र बस्न स्थानीय प्रशासनले बिहीबार आग्रह गरेको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बिहीबार आफै फोन गरेर सांसद यादवसहितका ४ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए।

प्रजिअबाट होम क्वारेन्टाइनमा बस्न निर्देशन भएको छ, अन्नपूर्णसँग बस्नेतले भने, 'कानुन सबैले मान्नुपर्छ, अब उहाँहरुले के गर्नु हुन्छ त्यो हेरेर हामी अगाडि बढ्छौं।' भारतबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रक्सौलको क्वारेन्टाइनमा १५ जना नेपालीलाई राखिएको छ । 

रक्सौलको क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्था बुझ्न बुधबार दिउँसो सांसद यादव,आफनो निजी गाडीमा वीरगन्जका २ संचारकर्मी र चालकसहित रक्सौल पुगेर साँझ फर्किएका थिए । 

लकडाउन उल्लंघन गरी सीमा पारी गएर फर्किएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै बिहीबार सामाजिक सन्जालमार्फत चर्को दबाब आएपछि बिहीबार प्रजिअ कार्कीले चारैजनालाई फोन गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्। 

साँझसम्म सोचेर बताउँछु : सांसद यादव

सांसद यादवले पनि होम क्वारेन्टाइनमा बस्न प्रमुख जिल्ला अधिकारी कार्कीले फोन गरेको जानकारी दिए ।  'सिडिओ साबले फोन गरेर चौतर्फी दबाब आयो, मेरो इज्जत राख्न भएपनि होम क्वारेन्टाइनमा बसिदिनुस् भनेर आग्रह गर्नु भयो, सांसद यादवले भने , ' अहिले म घरमै छु, यसबारे के गर्ने भन्ने विषयमा साँझसम्म सोचेर बताउँछु।'

सांसद यादवले रक्सौलका क्वारेन्टाइनमा राखिएका नेपाली घर जान आत्तिएको र क्वारेन्टाइनबाटै भाग्न खोजिरहेको खबर पाएपछि उनीहरुलाई सम्झाउन आफू बुधबार रक्सौल गएको उनले बताए ।  मैले पर्साका सिडिओसाबलाई पनि जानकारी गराएरै गएको थिएँ, उनले भने, ' तर आज आएर सिडियोसाबले मिडियामा कुरा फेरेको खबर आइरहेको छ।'

रक्सौलको क्वारेन्टाइनमा पुग्दा आफूले विश्व स्वास्थ्य सगंगठनको मापदण्डअनुसार नै डेढ मिटरको दूरीमा उभिएर क्वारेन्टाइनमा राखिएकासँग कुरा गरेको भन्दै उनले भने, 'म जनताको सेवक हुँ, नेपाली जनता भारतमा पीडामा परेको खबर सुनेपछि मलाई अत्यास लाग्यो, त्यहि भएर गएको हुँ।'

बुधबार सांसद यादवसँगै रक्सौल गएका दुई संचारकर्मीले पनि प्रमुख जिल्ला अधिकारी कार्कीले बिहीबार फोन गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको र आफूहरु घरमै रहेको जानकारी दिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.