गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना ‘घुसाए’को आरोप, भन्छन्, ‘मलाई बदनाम गरियो’

गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना ‘घुसाए’को आरोप, भन्छन्, ‘मलाई बदनाम गरियो’

वीरगन्ज : भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।  

भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालीम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन्।

गाउँपालिका अध्यक्ष मियाले भने भारतीय सुरक्षाकर्मी र भारतीय मिडियाले निराधार आरोप लगाएर आफ्नो चरित्र  हत्या गरेको भन्दै उक्त आरोपको खण्डन गरेका छन्। 

भारतीय टीभी च्यानलबाट प्रशारण भइरहेको उक्त खबर निराधार रहेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आफूलाई बदनाम गराउने नियतले चरित्र हत्या गरिएको बताए। 

मिया, नेकपा प्रदेश २ प्रदेश कमिटी सदस्य पनि हुन्। ‘भारतीय सुरक्षाकर्मीको हवाला दिएर इण्डियन मिडियाले मलाई बदनाम गरिरहेका छन्’, शुक्रबार दिउँसो  टेलिफोन कुराकानीमा मियाले भने, ‘मविरुद्ध फसाउने नाटक रचिरहेका छन्, मेरो चरित्र हत्या गरिएको छ।’ 

यो विषयमा आफूले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाइ फोन गरेर जानकारी गराएको मियाले बताए। ‘सीडीओसाबले मिडियमा आएको कुरा सबै सत्य हुदैन, तपाईं आफै एउटा सरकार प्रमुख हो, नआत्तिनुहोस्’, भनेको उनले सुनाए। मियालाई भने यो खबरले तनाव दिएको छ। ‘ भारतीय मिडियाको झुठो खबरले म निक्कै तनावमा छु’, उनले भने।  

भारतीय मिडियाले प्रशारण गरेको खबरमा भने जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकी टोला निवासी जालीम मिया मुखियाले नेपालबाट कारोनाका ४०/५० शंकास्पद भारतीय बिरामीलाई भारतमा घुसपैठ गराएको उल्लेख छ। 

 अहिले पनि जालीमले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर पनि खबरमा उल्लेख छ। यसका साथै जालीम, नेपाल भारतमा अवैध हतियार र जाली नोटको तस्करीमा पनि सलंग्न रहेको भनेर पनि खबरमा उल्लेख छ। 

 बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रमुख र सुरक्षा अधिकारीलाई अप्रिल ७ तारिखमा पठाएको पत्रमा पनि नेपालको जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकीटोला निवासी जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर उल्लेख छ।

उक्त पत्रमा वीरगन्जसंग सीमा जोडिएको बिहार रक्सौलको पनटोका रामगढवास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नै अप्रिल ३ तारिखमा पत्र लेखेर जालीमको गतिविधिका बारेमा जानकारी गराएको उल्लेख छ।

पर्साका प्रजिअ कार्कीले भने गाँउपालिका अध्यक्ष मियाले फोन गरेपछि मात्रै यो विषयमा थाहा पाएको बताए।  भारतीय टिभि च्यानलले प्रशारण गरिरहेको खबरमा देखाइएको बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रहरी प्रमुखलाई अप्रिल ७ तारिखमा पठाएको पत्र। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.