'आइभीआर' मार्फत स्थानीयलाई कोरोनासम्बन्धी जानकारी

'आइभीआर' मार्फत स्थानीयलाई कोरोनासम्बन्धी जानकारी

अछाम : अछामका दुई स्थानीय तहले प्रविधिको प्रयोगमार्फत कोरोना भाइरस (कोभिड-१९)बाट बच्ने उपाय,अपनाउनु पर्ने सावधानीका विषयमा आइभीआर सेवाबाट जानकारी दिन थालेका छन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन तथा नागरिकलाई यसबारे सचेतना फैलाउन आइभीआर सेवा संचालन गरेका छन् । प्रविधिको प्रयोगमार्फत कोरोनासम्बन्धी बच्ने उपाय,देखिने लक्षण र अपनाउनुपर्ने सर्तकताका विषयमा नागरिकलाई जानकारी गराउन दुई पालिकाले आइभीआर सेवा संचालन गरेका हुन्।

साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले एक दिनमा पाँच सयभन्दा बढीलाई कोरोना भाइरसबाट बच्नको लागि सन्देशसहित सर्वसाधरणको मोबाइलमा फोन जाने गरेको जानकारी दिए ।

आइभीआरमार्फत दुई हप्ता सेल्फ क्वारेन्टाइनमा बस्ने, साबुन पानीले बेला बेलामा हात धुन, मास्कको प्रयोग गर्ने, खोक्दा हाछ्यु गर्दा कुहिनो वा रुमालले छोप्न सन्देश सर्वसाधारणको मोबाइल तथा टेलिफोनमा जाने गरेको नगर प्रमुख कुँवरले बताए।

आइभीआर सेवाअन्तर्गत गाउँपालिकाका नागरिकको मोबाइल तथा टेलीफोनमा पालिकाबाट फोन सम्पर्क हुन्छ र फोन उठाउने बित्तिकै कोरोनाको संक्रमणबाट बच्ने उपाय, संक्रमण भएमा देखीने लक्षण, अपनाउनुपर्ने सतर्कताका विषयमा पालिकाका प्रमुखको आवाजमा सन्देश बज्ने गर्दछ ।

कोरोनाको संक्रमण फैलिन नदिन आम नागरिकलाई प्रत्यक्ष भेटेर तथा भेला गरेर सुझाव सल्लाह दिँदा झनै जोखीम बढ्ने भएकाले गाउँपालिकाले आइभीआर सेवामार्फत सचेतना फैलाउन सुरु गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए ।

कोरोना संक्रमण फैलिन नदिन आइभीआर सेवा प्रभावकारी बन्ने गाउँपालिकाले अपेक्षा गरेको अध्यक्ष  खड्काको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.