बैतडीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु, ११७ जनाको रिपोर्ट नेगेटिभ

बैतडीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु, ११७ जनाको रिपोर्ट नेगेटिभ

बैतडी : जिल्लामा क्‍वारेन्टाइनमा बसेका नागरिकहरुको शनिबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ। शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए।

क्‍वारेन्टाइनमा बसेका १०४ जना र सीमा प्रहरी चौकी झुलाघाटमा खटिएका १३ जना प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए। उनले भने 'हामीले क्‍वारेन्टाइनमा बसेका नागरिकहरुको कोरोना परीक्षणका लागि शुक्रबार कीट प्राप्त गरेका थियौं। शनिबारदेखि चेकजाँच कार्य शुरु गरिसकेका छौं।' थ्रोट स्वाब संकलन नभएका पालिकाहरुमा क्‍वारेन्टाइनमा बसेका नागरिकहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

क्‍वारेन्टाइनमा बसेका मध्ये सुर्नया गाउँपालिकाका ३२ जना, दोगडाकेदार गाउँपालिका २० जना, डिलाशैनी गाउँपालिकामा १६ जना, सिगास गाउँपालिका १७ जना  र दशरथचन्द नगरपालिकाका १९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो। टेस्ट गरिएका सबै जनाको रिपोट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए। क्‍वारेन्टाइनमा बसेका मध्ये १४ दिन पूरा भएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ। जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा आइतबार टेष्ट हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.