राहत आएन, भोकले मरिने डर

राहत आएन, भोकले मरिने डर

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ पटेर्वाका नागेन्द्र माझी मुहसर लकडाउन घोषणा भएदेखि कामकाज छोडेर घरमा बस्न बाध्य छन् । इट्टाभटामा मजदुरी गरेर परिवारको पाल्दै आएका माझी लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् । 

काम  गर्ने उद्योग बन्द भएपछि माझीको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा गर्दै आएका माझीलाई अहिले बालबच्चा र वृद्ध बुबालाई खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ । घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिन लाग्दा उनी थप चिन्तित बनेका छन् ।  ६ जनाको परिवार भएका माझी कहि कतैबाट राहत आउला र राम्रोसँग खाउँला भन्ने आशामा बसेका छन् । तर, अहिलेसम्म कतैबाट राहत नपाएपछि माझी परिवार निराश र चिन्तित बनेका छन् । 

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि इट्टाभाटा बन्द भएको माझीले बताए । इट्टाभट्टाबाट कमाएर ल्याएको पैसाबाट परिवारको गुजारा चल्थ्यो । तर, काम गर्ने उद्योग बन्द भएपछि आफ्नो परिवारको बिच्चली भएको माझीले बताएका छन् । 'थोरै जाहो गरेर राखेको चामल दाल पनि सकिन लागिसक्यो । पैसा पनि छैन। अब परिवारको पालनपोषण कसरी गर्ने ?', चिन्तित हुँदै उनी भन्छन्, ' चिन्ता लाग्न थाल्यो । यस्तै अवस्था रह्यो भने भोकले मर्छौं होला ।' 

घरका खानेकुराहरु सकिएको र बजारबाट किनेर ल्याउन पैसा नभएको राजकुमार माझीले बताए । 'गाउँपालिकाबाट अहिलेसम्म मास्क र साबुन मात्र पाएका छौं । राहत अहिलेसम्म पाएका छैनौं । काम बन्द भएपछि परिवार पाल्ने चिन्ता लाग्न थालेको छ', उनी भन्छन् , 'एकबोरा चालम किन्न १५ सय रुपैयाँ चाहिन्छ । आफूसंग त्यो पनि छैन।'

कहिँ कतैबाट सहयोग भएमात्र अब परिवारको गुजारा हुने राजकुमारले बताए । आफ्नो गाउँमा रहेको करिब ४० परिवार मुहसरको अवस्था आफ्नोजस्तै रहेको र सबै राहतको पर्खाइमा रहेको उनको भनाइ छ । 

वडाअध्यक्षहरूले राहत पाउने परिवारको विवरण समयमा नै नपठाउँदा ढिलाइ हुन गएको गाउँपालिका अध्यक्ष विक्रम राय यादवले बताए । आफूहरू राहत वितरण गर्न तयार भए पनि विवरण नआउँदा समस्या भएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.