ग्यास लिकपछि उद्योगमा आगलागी : तीनजना कामदार गम्भीर घाइते
धनुषा : मिथिला नगरपालिका –०६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना कामदार गम्भीर घाइते भएका छन् । बिहीबार बिहान करिब ७:०० बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो ।
घाइते तीनैजना कामदारको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल,जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
३