कोरोना कहर : नारायणी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द, बिरामीको बिजोग

कोरोना कहर : नारायणी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द, बिरामीको बिजोग

वीरगन्ज : ३ जना कोरोना संक्रमित भेटिएपछि वीरगन्जको नारायणी अस्पतालमा आकस्मिक बाहेकका अरु सबै सेवा बन्द गरिएको छ । नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका भारतका ३ जना जमाती (मुस्लिम धार्मिक प्रचारक) मा कोरोनाको संक्रमण भएको आइतबार बिहान पुष्टि भएको हो । 

त्यसअघि शुक्रबार साँझ उनीहरुको पहिलो परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आइसकेको थियो। त्यसपछि पुन परीक्षणका लागि तीनैजनाको स्वाब काठमाडौं पठाइएको थियो। काठमाडौंको रिपोर्ट पनि पोजेटिभ आएपछि नारायणी अस्पतालको आकस्मिक बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको हो । 

आकस्मिक उपचार बाहेक अस्पतालमा ओपीडीसहित अरु सबै विभाग आइतबारदेखि बन्द गरिएको अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । 

एक त सरकारले नै लकडाउनमा नै आकस्मिक बाहेकका अरु सेवा सूचारु नगर्ने निर्देशन पहिले नै दिइसकेको छ, उपाध्यायले भने, 'अर्को कुरा अस्पतालमै कोरोनाका संक्रमीत बिरामी पनि राखिएको छ, यसले झन जोखिम बढेकाले इमरजेन्सी बाहेकका ओपीडी, ल्याब, एक्सरे, शल्यक्रियालगायतका सबै सेवा बन्द गरेका हौं।' 

उच्च जोखिममा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले आकस्मिक उपचार बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको तर्क उनले दिए ।  

बिरामीको बिजोग

वीरगन्जको एक मात्र सरकारी अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गरिएपछि बिरामीहरु भने बिचल्लीमा परेका छन्।  लकडाउन सुरु भएसँगै वीरगन्जका सबै निजी क्लिनिक र ल्याब बन्द छन् । संचालनमा रहेका निजी अस्पतालले पनि ज्वरो ,रुघाखोकी, पेट छाती दुख्ने जस्ता सामान रोगका बिरामीको उपचार नगरि फर्काइ दिने गरेका छन्। 

यस्तो अवस्थामा महानगरमा रहेको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पनि आकस्मिक उपचार बाहेकका अरु सबै उपचार सेवा बन्द हुदा बिरामीको बिजोग भएको छ । पिसाबको समस्याले ग्रसीत बृद्ध बुबालाइ लिएर नारायणी अस्पतालमा आइतवार बिहान पुगेका वीरगन्ज ड्राइपोर्टका लालबाबु साहले भने, 'प्राइभेट क्लनीक पनि बन्द छन्, बुवालाई एकदम गाह्रो भइरहेको छ ,अब के गर्ने कता लैजाने भनेर टेन्सन भइरहेको छ । 

२ महिने शीशुको छातीमा एक सातादेखि समस्या देखिएपछि नारायणी अस्पतालमै उपचार गराउँदै आएका बारा इटियाहीका उमेश गुप्ता आइतबार बिहान शीशुलाई लिएर अस्पताल पुगेका थिए ।

तर अस्पताल बन्द गरिएको सूचना पाएपछि चिन्तित मुद्रामा भेटिएका गुप्ताले, 'बच्चाको समस्या अझै निको भएको छैन , फलो अपका लागि डाक्टरले आजै बोलाएका थिए , तर अस्पताल बन्द रहेछ , अब कहा लैजाउ के गरु दिमागमा केही आइरहेको छैन ।'

नारायणी अस्पतालमा पर्सा देखि सर्लाही सम्म गरी ४ जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सका अनुसार, अस्पतालको ओपडीमा मात्रै दैनिक औस्तमा ८ देखि ९ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।    


 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.