बिसुमा कोरोना प्रभाव : 'बम्बैवाला' सँग डराउन थाले स्थानीय

बिसुमा कोरोना प्रभाव : 'बम्बैवाला' सँग डराउन थाले स्थानीय

अछाम : सुदूरपश्‍चिममा दसैं तिहार जत्तिकै महत्व बिसु पर्वलाई दिइन्छ । रोजगारको सिलसिलामा भारतमा रहेका दसैं तिहारमा घर फर्किदैनन् । बिसु पर्वमा (नयाँ वर्ष) मा भने लामो समयदेखि नफर्किएकाहरु जसोतसो घर फर्किने गर्छन् । गाउँमा घर परिवार साथीभाइ बम्बैवाला कहिले आउँछन् भनी कुरेर बस्थे । बम्बैको नासो भन्दै भारतबाट आएकाहरु गाउँमा नरिवल र चक्लेट बाँड्दै हिँड्थे । गाउँका युवाहरु 'बम्बैबाला' भारतबाट आएकाको पछिपछि लाग्थे । गाउँको पटकानीमा बसेर गाउँको हालखबर र भारतमा काम गर्दाको भोगेका सुखदु:ख सुनाउने गर्थे । गाउँघरमा यति बेला निकै चहलपहल हुने गथ्र्यो । 

तर यो पटकको गाउँको माहोल निकै फेरिएको छ । चहलपहल हुने गाउँ अहिले सुनसान बनेको छ । बिसु मनाउन घर फर्किने तयारीमा रहेकाहरु लकडाउनका कारण भारतमै रोकिएका छन् भने कोही गाउँ पुगेका छन् । घर पुगेकाहरु सबै होम क्वारेन्टाइनमै छन् । 

बम्बैवालाको बाटो हेर्नेहरु अहिले बम्बैवाला भन्ने बित्तिकै तर्सिन्छन् । मानौं उनीहरुले भूत नै देखे । मेल्लेख गाउँपालिका ८ हात्तिकोटका शंकर विक भारतको लखनउमा काम गर्छन् । १२ कक्षासम्म पढेका उनी आर्थिक अभावका कारण ४ वर्ष देखि भारतमा नोकरी गर्छन् । उनी हरेक वर्ष बिसु मनाउन गाउँ फर्किन्थे । शंकर चैत ४ गते गाउँ फर्किसेका छन्।

गाउँमा अहिले बम्बैवाला देख्यो कि कोरोना आयो भन्दै जिस्काउने र तर्सिने गरेका उनले बताए । उनले भने, 'गाउँ अहिले सुनसान छ। अघिल्लो वर्ष गाउँमा चहलपहल थियो, साथीभाइहरुको भेट्नेको भीड हुन्थ्यो ,तर यो पटक हामीलाई देखेरै गाउँलेहरु डराउन थाले  । होम क्वारेन्टाइनमा बसेका शंकरको कोरोना परीक्षणपछि रिर्पोट नेगेटिभ आएको छ। '

चौरपाटी गाउँपालिका ५ का सिद्ध गाउँमा खाती खेतीपातीको काम र बिसु मनाउन फागुनको अन्तिम साता अछाम फर्किएका हुन् । उनीसँग गाउँलेहरु टाढैबाट पनि बोल्न डराए । प्रीय साथीसँगी समेत भूतदेखे झै गरी तर्सिन थालेको उनले बताए । 
रोगदेखि सजग हुनु राम्रो भएपनि व्यवहार नै नराम्रो गर्ने गरेको उनले बताए । 'पहिले भारतबाट आएकालाई जिस्काएर एचआइभी ल्यायौं की भन्थे अहिले कोरोना भन्न थाले, 'उनले भने,' मान्छे प्यारो भएपनि रोग प्यारो हुँदैन, गाउँमा भारतबाटसँगै फर्किका साथी सबै होम क्वारेन्टाइनमा बसेका छौं।'

कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको उनले बताए । नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गते देवर भाउजू, नन्दभाउजू र साली भिनाजु आपसमा सिस्नुपानी छ्यापेर रमाइलो गरी यो पर्व मनाउने गर्छन्।

हरेक वर्ष बिसु पर्वमा मिठा-मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर-भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.