वीरगन्ज अपडेट : छपकैयामा शंकास्पदको खोजी, कोरोना अस्पतालको माग गर्दै चिकित्सक

वीरगन्ज अपडेट : छपकैयामा शंकास्पदको खोजी, कोरोना अस्पतालको माग गर्दै चिकित्सक

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ।  ३७ , ४४ र ५५ वर्षीय मुस्लिम जमातीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

उनीहरु तीनैजनाको अस्पतालको आइसोलेनसमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण भेटिएका ३ जना भारतीयमध्ये २ जना भारत उत्तर प्रदेशका र १ जना दिल्लीका हुन् । 
वीरगन्ज २ छपकैयास्थित जामे मस्जिदमा ९÷१० दिनदेखि बस्दै आएका २४ जना भारतीय मुस्लिम जमातीमा रुघाखोकी र ज्वरो देखिएपछि  स्थानीय एक नेताले उनीहरुलाई गत बिहीबार उपचारका लागि नारायणी अस्पालमा ल्याएका थिए। 

स्वास्थ्य चेकजाँच गर्दा उनीहरुमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले स्वाब संकलन गरी क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो । तर चिकित्सकको आग्रह अटेर गर्दै उनीहरु सबै फेरि छपकैयाकै मस्जिदमा फर्किएका थिए । उनीहरुबाट संकलन गरिएको स्वाब परीक्षणका लागि अस्पतालले बिहीबारै हेटौडाको प्रयोगशालामा पठाएको थियो । 

हेटौडाको प्रयोगशालाबाट शुक्रबार साँझ अस्पताल पठाइएको २४ परीक्षणमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले ती ३ जनालाई शुक्रबार साँझ नै मस्जिदबाट नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसनमा राखेको हो । 

हेटौडाको प्रयोगशालबाट आएको रिपोर्टमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएपनि बाहिर सार्वजनिक नगरी अस्पतालले पुन परीक्षणका लागि ३ जनाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।   

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त रिपोर्ट पनि पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले ती ३ जना भारतीयमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। उनीहरु केही हप्ताअघि दिल्लीमा भएको तबलगी जमातमा सहभागी भई नेपालमा आएर बसेको आशंका गरिएको छ । 

कोरोनाका संक्रमण पुष्टि भएका ३ जना भारतीयहरु बसेको छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट गरी शनिबार साँझ प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । छपकैयाको मस्जिदबाट ११ जना र घुसुकपुरको मस्जिदबाट १५ जना गरि २६ जना मुस्लिम जमाती र मौलानाहरुलाइ प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।

आइसोलेसन भित्रै गलत हर्कत

नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेका छन्।  आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल प्रहरीका एक सुरक्षाकर्मीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने , रोग सारिदिन्छु भनेर धम्क्याउने गरेका छन् । 

आइसोलेसनको कोठाभित्रै बस्न भनिए पनि उनीहरु कोठाबाट बाहिर निस्किएर घुम्ने गरेको ती सुरक्षाकर्मीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । 'कोठाबाट बाहिर निस्किएर घुम्छन्, कोठाभित्रसँगै टाँसिएर नमाज पढ्छन् , ती सुरक्षाकर्मीले भने,' हात धुने बेसीनमा चढेर  खुट्टा धुन थाल्छन्। '

 कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीहरु बस्दै आएको वीरगन्ज २ छपकैयाको मस्जिद । तस्बिर :  क्रान्ति शाह 

आइसोलेसन राखिएका भारतीय जमातीले अभद्र व्यवहार गर्न थालेपछि शनिबार डाक्टर र नर्स चेकजाँचका लागि आइसोलेसन वार्डमा नगएको अस्पताल श्रोतले जनाएको छ । 

शंकास्पद व्यक्तिको खोजी सुरु

यसैबीच ३ जना संक्रमित भेटिएको वीरगन्ज २ छपकैया क्षेत्रलाई स्थानीय प्रशासनले आइतबार अपरान्हदेखि शील गरेर शंकास्पद व्यक्तिको खोजी  सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित जमाती बस्दै आएको मस्जिद रहेको वडा नम्बर २ छपकैया क्षेत्रलाइ शील गर्ने निर्णय गरेको हो । 

बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैया क्षेत्रलाइ शील गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए । यस्तै बैठकले वीरगन्जमा छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको छ ।वीरगन्जको एक निजी अस्पताल भाडामा लिएर छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरिएको जानकारी दिँदै बस्नेतले यसका लागि आवश्यक प्रक्रिया थालिसकिएको पनि जानकारी दिए । 

कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न चिकित्सकको माग 

३ जना संक्रमितलाई राखिएको आइसोलेसन वार्ड रहेको नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले छुटटै कोरोना  विशेष अस्पताल संचालन गर्न सरकारसँग माग गरेका छन् । अस्पतालको आइसोलेसन राखिएका ३ जना भारतीयमा कोरोनाको संक्रमण रहेको आइतबार पुष्टि भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा जोखिम बढेकाले छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न माग गरेका हुन् ।
 
आइतबार नै बसेको अस्पतालका चिकित्सकको आकस्मिक बैठकले अरु रोगका बिरामी र कोरोनाका संक्रमितलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा त्यसले झन जोखिम थपिने भएकाले छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्न संघ र प्रदेश सरकारसँग माग गरेको हो । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जति सक्दो छिटो छुटटै कोरोना विशेष अस्पताल संचालन गर्नुपर्ने बताए । चिकित्सकको आकस्मिक बैठकलले कोरोनाका संक्रमित भेटिएको वीरगन्ज २ छपकैयाको पुरै टोल तत्कालै शील गरेर संक्रमीतसँग हेलमेलमा रहेकाको खोजी सुरु गर्न पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.