क्‍वारेन्टाइनबाट घर फर्किँदाको खुशी : बल्‍ल बाँचियो

क्‍वारेन्टाइनबाट घर फर्किँदाको खुशी : बल्‍ल बाँचियो

दैलेख : घरपरिवार छाडेर अर्काको देशमा मजदुरी गर्न जाने रहर त कसलाई पो हुँदो हो। तर, परिवारको गुजाराका लागि जानैपर्ने बाध्यता छ। त्यहि बाध्यताबाट पछि हट्न नसकेपछि दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-५ का ४० वर्षीया डिल्लीप्रसाद रेग्मी भारत पसे। घरपरिवार छोरा छोरीको माया मनभरी थियो। यस्तैमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उनी गाउँ फर्कने निधो गरे। मजदुरी छाडेर जन्मथलो तिर लागे। तर, जन्मथलो पुगेर घर जान भने पाएनन्।

भारतबाट फर्किएकाहरु दुई हप्तासम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने भएकाले नगरपालिकाले जनता मावि बस्तेकोटमा निर्माण गरेको क्‍वारेन्टाइनमा दुई हप्तासम्म बसे। कोरोनाको संक्रमण नभएको पुष्टि भएपछि घर जान पाउँदा उनी निकै खुसी छन्। भारतका विभिन्न ठाउँबाट आएर चामुण्डाविन्द्रासैनी नगरपालिकाले विभिन्न विद्यालयमा निर्माण गरेको क्‍वारेन्टाइनमा बसेका एक सय १२ जना घर फर्केका छन्।  उनीहरु चैत्र १७ गते गाउँ आइपुगेका थिए। नगरपालिकाले क्‍वारेन्टाइनमा बसेकाहरुलाई घर पठाइएको हो। कर्णाली प्रदेश प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना नदेखिएपछि क्‍वारेन्टाइनमा राखिएको दुई हप्ता पछि घर पठाइएको हो। पाँच वटा क्यारेन्टाइन बसेका एक सय २० जना  मध्ये एक सय १२ जनलाई घरमा पठाइएको  नगरपालिकाले जनाएको छ। बाँकी आठ जनालाई क्‍वारेन्टाइनमै राखिएको नगरपालिकाका नायव सुब्बा लोकेशकुमारी शाहीले बताए।

'क्‍वारेन्टाइनमा रहँदा खान बस्न समेत राम्रो व्यवस्था थियो। संक्रमण नभएको पुष्टि भएपछि घर जान लागेका छौं। अब त बाँचियो भन्ने लागेको छ' ४२ बर्षीया प्रजापती जैसीले भने। उनीहरुले क्‍वारेन्टाइनमा छँदा कोरोनाबाट बच्ने उपाएबारे समेत जानकारी पाएका छन्। भारतबाट आएकाहरुलाई नगरपालिकाले कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभुत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसमा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएको थियो।

नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले घर फर्किए पनि थप दुई हप्ता घरकै क्‍वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। 'नगरपालिकाको प्रत्येक वडामा एक घर एक स्वास्थ्य अभियन्ता खटाउँछौ, प्रत्येक व्यक्तिको नाम, मोबाइल नम्बर वडा कार्यालय र नगरपालिकामा राख्ने छौँ' मेयर शाहीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.