वीरगन्ज अपडेट : संक्रमित भेटिएपछि नरगबासीमा सन्त्रास, वडा-वडामै प्रवेश निषेध

वीरगन्ज अपडेट : संक्रमित भेटिएपछि नरगबासीमा सन्त्रास, वडा-वडामै प्रवेश निषेध

वीरगन्ज : वीरगन्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटिएपछि नरगौबासीमा सन्त्रास छाएको छ । नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण भएको पुष्टि आइतबार भएको थियो ।

यो खबर सार्वजनिक भएसँगै त्रासमा परेका नगरबासी अब भने लकडाउको पूर्ण पालनका लागि आफै सक्रिय भएका छन् ।  कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि नै लकडाउन गरिएपनि वीरगन्जमा त्यसलाई अटेर गर्दै स्थानीय सडकमा निस्किने गरेका थिए । 

लकडाउनमा घर बाहिर ननिस्किन प्रहरीले टोल टोलमा गस्ती र माइकिङ गर्दै आएपनि सडकमा पैदल यात्रु , मोटरसाइकल र साइकल चालकको चहल पहल हुने गर्दथ्यो ।  तर, आइतबार ३ जना संक्रमीत भेटिएको खबर बाहिर आएसँगै वीरगन्जका सडक र टोल सुनसान भएको छ। लकडाउनमा निश्चित समयका लागि खुल्दै आएका तरकारी र किरानाका पसल पनि सोमबारदेखि भने स्थानीय प्रशासनले अर्को सूचना नआएसम्मका लागि बन्द गराइ दिएको छ । 

३२ वटा वडा रहेको महानगरमा स्थानीय आफैले आफनो टोलमा बाहिरका मानिस प्रवेशमा प्रतिबन्ध लगाएका छन् । संक्रमीत भेटिएको वीरगन्ज २ छपकैयालाई भने स्थानीय प्रशासनले नै आइतबार अपरान्हदेखि नै सुरक्षाकर्मी परिचालन गरेर शील गरिसकेको छ । 

अन्य वडामा भने सोमबारदेखि स्थानीय आफैले वडा प्रवेश गर्ने चोक चोकमा बाँसको बार लगाएर बाहिरका व्याक्तिलाई वडा प्रवेशमा रोक लगाएका हुन् ।  वीरगन्जको भिस्वा, घडीअर्वा , अशोकवाटिका , रानीघाट ,छपकैया, राधेमाइ , तेजारथ टोल लगायतका टोल प्रवेश गर्ने चोकमै स्थानीयले बासको बार लगाएर टाल प्रवेशमा प्रतिबन्ध लगाइएको सूचना बोर्डहरु राखिएको छ । 

वीरगन्जमै ३ जना कोरोनाका बिरामी भेटिसके, अब त झन खतरा बढेको छ , वीरगन्ज घडीअर्वाका युवाले भने, 'हामी ३÷४ जना मिलेर हाम्रो १० नम्बर वडा प्रवेश गर्ने ७ वटा चोकमा बासको बार लगाएर वडामा बाहिरका मान्छे प्रवेशमा रोक लगाइ सकेका छौं।'

वीरगन्ज १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेलले पनि ३ जना कोरोनाको बिरामी भेटिएको खबर सार्वजनिक भएसँगै नगरवासीमा कोरोनाको त्रास  झन बढेको बताए ।  हामीले पनि हाम्रो वडा प्रवेश गर्ने सबै चोकमा सूचना बोर्ड नै राखेर बाहिरका व्यक्ति वडा प्रवेशमा रोक लगाइसकेका छौं, उनले भने, 'अहिलेको यो महाविपत्तीमा ज्यानभन्दा प्यारो अरु केही छैन।' 

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले पनि लकडाउनको अरु दिनको तुलनामा आइतबारदेखि वीरगन्जमा सडकमा प्रहरीको गस्ती र निगरानी थप बढाइएको बताइन् । उनले भनिन्, '३ जना संक्रमीत भेटिएपछि यहाँका सर्वसाधरणमा आफै जागरुकता बढेको देखिन्छ, कोरोनाबाट बच्ने हो भने लकडाउन पूर्णरुपमा पालना गर्नैपर्छ भन्ने सोच मान्छेमा देखिन थालेको छ, यसलाई सकरात्मक नै भन्नुपर्छ। '

संक्रमीतको सम्पर्कमा रहेका १० जना क्वारेन्टाइनमा

नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत तीनजना कोरोना संक्रमित भारतीयको ट्राभल हिस्ट्री (यात्रा विवरण ) वीरगन्जमा रहँदा उनीहरुले सम्पर्क गरेका स्थान र व्यक्तिको खोजी स्थानीय प्रशासनले गरिरहेको छ ।

३ भारतीयमा कोरोना भएको पुष्टि भएपछि, उनीहरु बसेको वडा नम्बर २ र त्यस आसपासका वडाका केही क्षेत्रलाई समेत शील गरेर उनीहरुको बारेमा थप विवरण खोजी गर्न सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । 

त्यस क्रममा सोमबार सम्म , संक्रमीतहरुको हेलमेल र सम्पर्कमा रहेका १० जनालाई नियन्त्रणमा लिएर  वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

'आइतबार ४ र सोमबार ६ गरी अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिसकेका छौं, 'पन्तले भनिन् ,' ती १० जना वीरगन्ज २ छपकैयाकै स्थानीय हुन्। ' सम्पर्कमा रहेका अन्य व्याक्तिको पनि खोजी जारी रहेको उनले बताइन् । 

संक्रमीतको ट्राभल हिस्ट्री पनि खोजिँदै

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतकाअनुसार ३ जना संक्रमीत भारतीयको ट्राभल हिस्ट्री सम्बन्धमा प्राप्त विवरण अनुसार उनीहरु डिसेम्बर १८ तारिख (पुष २ गते ) नेपाल प्रवेश गरेको र सुनसरी, सप्तरीहुँदै पर्साका विभिन्न स्थानका मस्जिदमा गएर सहभागी भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

डिसेम्बर १८ र १९ ( पुष २ र ३ गते ) मोरङको बिराटनगर र त्यसपछि पुस ५ गतेदेखि १५ गतेसम्म उनीहरु सुनसरीकै दुहबीमा बसेका थिए । पुष १६ देखि २९ गतेसम्म सुनसरीको इनर्वामा, फागुन २ देखि ६ गते सम्म सप्तरीको धार्मिक भेलामा र फागुन ७ गते वीरगन्ज प्रवेश गरेका थिए । चैत ६ गतेसम्म वीरगन्जको सुगौलीस्थित मस्जिदमा बसेका उनीहरु  चैत ७ गते मात्रै वीरगन्जको छपकैयास्थित मस्जिदमा आएर बसिरहेका थिए। तर प्राप्त यो विवरणको सत्यताका बारेमा अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । 

संक्रमीतको नाम ठेगान खुल्यो

नारायणी अस्पतालको आइशोलेशनमा राखिएका कोरोना संक्रमीत ३ भारतीयको नाम र ठेगाना पनि खुलेको छ ।  प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार संक्रमीत मध्ये २ जना नयाँ दिल्ली र एक जना उत्तर प्रदेशका हुन् । नइ दिल्ली घर भएका ४५ वर्षीय महम्मद युसुफ र ३७ वर्षीय नूर महम्मद तथा उत्तर प्रदेशका ५५ वर्षीय महम्मद इब्राहिम हुन् ।  


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.