वालुवा चाल्ने मजदुरले पाएनन् राहत

वालुवा चाल्ने मजदुरले पाएनन् राहत

धनकुटा : साँगुरीगढी–१ लावरवोटेका पूर्णशम्शेर लिम्बु लेउती खोलामा वालुवा चालेर बिहान बेलुकाको छक टार्छन्। कोरोना सन्त्रासले सरकारले लकडाउन घोषणा गरेसँगै यतिबेला उनको कमाइ गर्ने थलो ठप्प छ। गाडी नचल्दा चालेको वालुवा विक्री पाएको छैन। 

लकडाउन लम्बिएपछि स्थानीय तहले ज्यालादारी र मजदुरलाई राहत स्वरुप खाद्यान्न बाड्यो। तर लेउती खोलामा वालुवा चाल्ने अधिकांश मजदुरले राहत पाएनन्। एकातिर कमाइ गर्ने माध्यम ठप्प छ। भने राहत नपाउँदा निन्द्रा हराउन थालेको उनले दुखेसो गरे। पहुँच हुनेलाई मात्र राहत वितरण गरेको उनको आरोप छ। ‘केही मजदुरले राहत पाएछन्’, उनले भने, ‘हामीले पत्तै पाएनौं। केही खाद्यान्न पाए केही दिनलाई हुन्थ्यो। अब भोकै मर्नुपर्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ ।’ 

सरकारले असारदेखि असोजसम्म तीन खोलावाट वालुवा उद्खनन् प्रतिवन्ध लगाउने गर्छ। दैनिक खर्च टार्दै तीन महिनाको लागि पैसा जोहो गर्न समय पनि यही हो। तर अहिले लकडाउनले ठप्प हुँदा खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको अर्का मजदुर शेरबहादुर लिम्बुले बताए ।

‘लकडाउन पछिका केहि समय त जोहो गरेको पैसाले धान्यो’, उनले भने, ‘अहिले छरछिमेक सँग पैचोले चलाइरहेका छौ’ तेह्रथुम फाक्चारा घर भएकी पूर्णमाया ठकुरी विगत १३ वर्षदेखि लेउती बगरमा वालुवा चालेर परिवारको जिविकोपार्जन चलाइरहेकी छन्। जेठो छोरो र उनले वालुवा चालेर कमाएको पैसाले ५ जना सदस्य भएको परिवारको घरखर्च चलाउने माध्यम हो। 

लेउती बगर किनारमा रहेको लावरवोटेमा कोठा भाडामा लिएर बसेकी छिन्। लकडाउन भएदेखि नै उनको कमाई शून्य छ। कोठामा मौज्दात खाद्यान्न रित्तिन थालेको छ। वडा कार्यालयले राहत बाँडेको सुने पनि आफूले नपाएको ठकुरीले दुखेसो गरिन्। ‘राहत हामी जस्ता ज्याला मजदुरी गर्नेलाई दिने हो भन्ने सुनेको थिए’, उनले भनिन्, ‘राहतको प्राथमिकता पहुँच हुनेलाई मात्रै रहेछ ।’

सिम्सुवा गोलाईदेखि लावरवोटेसम्म लेउती खोलाको किनारमा गिट्टी वालुवा चालेर काम गरि खाने डेढसय परिवारको हाराहारीमा मजदुर छन्। केहीले स्थानीय तहबाट वितरण भएको राहत पाए। अधिकांश राहतबाट छुटेका छन्। 

लेउती बगरमा वालुवा चाल्न स्थानीय मात्रै नभएर भोजपुर, उदयपुर, सुनसरी र तेहथुमदेखि आएर परिवार वालुवा चालेर जीविकोपार्जन गर्छन्। गाडी चल्दा र चालेको वालुवा विक्री हुँदा मात्रै ती मजदुरको हात पैसा पर्छ। 

स्थानीय तहले हुनेखानेलाई मात्रै राहत वितरण गरेको संघीय समाजवादी पाटीका अध्यक्ष लावरवोटेका वासिन्दा वलवहादुर राईले आरोप लगाए। 

यता साँगुरीगढी गाउँपालिकाका प्रवत्ता तथा कार्यपालिका सदस्य बालकृष्ण राईले दैनिक ज्यालादारी र अतिगरिब पहिचान भएका घरधुरीलाई प्राथमिकता दिएर राहत वितरण गरेको बताए। उनले वडासमिति र समन्वय समितिको सिफारिसमा  भएका नामावलीलाई प्राथमिकता राखिएको बताए। थप केही नामावली छुटेकाको तथ्यांक संकलन  भइरहेको कसैलाई पनि पक्षपात नगरिकन राहत दिने उनले प्रष्ट पारे ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.