राहत वितरण गर्ने क्रममा झडप, एक प्रहरीसहित दुई घाइते

राहत वितरण गर्ने क्रममा झडप, एक प्रहरीसहित दुई घाइते

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिका ३ झलमहिया गाउँमा अति विपन्न परिवारलाई राहत वितरण गर्ने क्रममा शुक्रबार झडप भएको छ । झडपमा परी गाउँपालिकाका एक प्रहरीसहित दुईजना घाइते भएका छन् । झडपमा गाउँपालिकाका प्रहरी बिनोद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए  ।

घाइतेमध्ये चन्द्रिकाको टाउको फुटेको र गाउँपालिकाका प्रहरी बिनोदको घाँटीमा गम्भीर चोट लागेको छ ।  घाइते विनोदको भिस्वाको स्वास्थ्य संस्थामा र चन्द्रिकाको गाउँकै स्वास्थ्य क्लिनिकमा उपचार गरिएको छ । 

स्थानीयका अनुसार , वडा नम्बर ३ झलमहीया गाउँमा लकडाउनका कारण समस्यामा परेका २ सय २५ परिवारको सूची सर्वदलीय समितिले तयार पारेको थियो ।तर शुक्रबार सर्वदलीय टोलीले १ सय २५ परिवारको मात्रै नामावली लिएर शुक्रबार गाउँमा पुगेपछि त्यहि विषयलाई लिएर विवाद भइ झडप भएको हो । 

झडपको क्रममा दुई पक्षबीच ढुंगा हानाहान समेत भएको प्रहरीले जनाएको छ । शुक्रबार सर्वदलीय टोलीले १ सय २५ परिवारलाई मात्र राहत बाड्न खोजेपछि कांग्रेस पक्षधर स्थानीय केही व्यक्तिले विरोध गरेपछि तत्कालिन नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष बिनोद साह कानु पक्षसँग विवाद भइ झडप भएको हो ।

कांग्रेस र तत्कालीन माओवादी पक्षबीच झडप भएपछि सशस्त्र प्रहरीले लाठी चार्ज गरेर स्थिती नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए  ।यसअघि गत बुधबार छिपहरमाई गाउँपालिकाकै ४ बन्जारीमा पनि राहत वितरण गर्ने क्रममा स्थानीयले गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको विरोधमा प्रदर्शन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.